विष्णुप्रसाद पोखरेल
दमक । झापाको दमकबाट पुर्वी नेपालको उत्तरी क्षेत्रमा पर्ने इलाम र पाँचथर जोड्ने दमक चिसापानी रबी सडक अर्थात फाल्गुनन्द मार्गको बिस्तृत रुपमा विस्तृत परियोजना विवरण (डिपिआर) तयार भएको छ । २०४९ मंसिर महिनादेखि यस सडकको प्रारम्भिक सर्वेक्षण शुरु भएको भएपनि अहिलेसम्म विस्तृत रुपमा सडकको डिपिआर तयार हुन सकेको थिएन ।

दूइ बर्षअघि दमकदेखि इलामको चिसापानीसम्म ३५ किलोमिटरमात्र डिपिआर तयार भएकोमा यो बर्ष भन पाँचथरको रबिसम्मको नै डिपिआर तयार भएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर बिपिन ढुंगानाले बताउनु भयो । पहिलो चरणमा ३५ किलोमिटर सडकका लागि १ अर्ब १६ करोड लाग्ने अनुमान रहेको थियो । दमकबाट पाँचथरको रबी पुग्न ४७ किलोमिटर दुरी रहेको छ ।

पुर्वी पहाडि जिल्ला इलाम र पाँचथरबाट तराईको झापालाई जोड्ने छुटो दुरीको यो सडक निर्माणका लागि इलाम, पाँचथर र झापाका उपभोक्ताहरु आफै समेत अढाइ दशक अघिदेखि लाग्दै आएकाछन् । ढुंगानाका अनुसार झापाको बेलडाँगीबाट पाँचथरको रबीसम्मको विस्तृत अध्ययन प्रतिवेदन सहितको डिपिआर तयार भएको र कालोपत्रेका लागि टेण्डर प्रक्रियामा अघि बढिसकेको छ ।

सडकमा कालोपत्रे, ढल, टेवा पर्खाल लगायतका लागि २ अबर ३४ करोड खर्च लाग्ने बिस्तृत परियोजना विवरणमा रहेको छ । यो दूइ लेनको सडक बन्ने जनाउदै साना कल्भर्ट तथा हेमपाइपहरु समेत यहि बजेटमा पर्ने ढुंगानाको भनाइ रहेको छ । इन्जिनियर ढुंगानाले भन्नुभयो, अब भने बिस्तृत रुपमा अध्ययन सकिएर टेण्डर प्रक्रियामा गएकोछ, चाडै नै नयाा कालोपत्रेको शुरुवात हुनेछ ।

उपभोक्ताहरुको पहलमा सडक निर्माण शुरु भएको २५ बर्ष नाघ्दा पनि बर्षादको समयमा यहाँ सवारी साधन चल्न नसक्ने अवस्था रहदै आएको छ । हिउदमा मुश्किलले रतुवा खोलाको किनार नै किनार सवारी चल्ने गरेको छ भने बर्षादको समयमा पूर्ण रुपमा सडक अवरुद्ध हुदै आएको छ । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरीका अनुसार यो बर्ष सडक निर्माणमा ठूलो उपलब्धि हासिल भएको छ ।

उहाँका अनुसार पहिलो पटक यो बर्ष सडकको ट्रयाक खुला भएको छ । ३ महिनाअघि सडकको ट्रयाक खुला भएको घोषणा गरिुएको हो । यो सडक यस क्षेत्रको प्रमुख चुनावी नारा बन्दै आएको छ । पुरीका अनुसार यो सडक शुचारु भएपछि पुर्वी पहाडि जिल्लाका उत्पादन सहज रुपमा तराइ आइपुग्छ भने झापाको दमक पूर्वको प्रमुख ब्यापारीक केन्द्र बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah