मेषः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ । प्रियजनसँग भेटघाट हुनेछ ।
वृषः दिन उत्तम रहनेछ । आटे ताकेको काम बन्नेछ । कामप्रति तीव्रता आउनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । मावलीबाट सहयोग मिल्नेछ ।
मिथुनः दिन उचित रहनेछ । मनमा चिन्ता निकै कम हुने देखिन्छ । शारीरिक सबलतमा वृद्धि हुनेछ । प्रतिस्पर्धा सार्थक रहनेछ ।
कर्कटः दिन प्रतिकूल रहनेछ । मन डराउन सक्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । काममा ढिलाइ रहनेछ ।
सिंहः दिन उत्तम रहनेछ । विशेष व्रिmयाशीलता र व्यस्तता बढ्नेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । यश मिल्नेछ ।
कन्याः दिन अनुकूल रहनेछ । मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । अर्थोपार्जन हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ । शरीर पनि स्वस्थ रहनेछ ।
तुलाः दिन भाग्योदयकारक रहनेछ । नयाँ कामको उचित अवसर मिल्नेछ । पढाइ लेखाइले गति लिन्ेछ । मनोबल मिल्नेछ ।
वृश्चिकः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै उपयुक्त हुनेछ । घमण्ड बढ्नेछ ।
धनुः दिन अनुकूल रहनेछ । आयआर्जनका विभिन्न बाटाहरु खुल्नेछन् । विद्याबुद्धि बढ्नेछ। मन प्रसन्न रहनेछ ।
मकरः दिन उत्तम रहनेछ । आटेको काममा सफलता मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । सम्मानित भइनेछ ।
कुम्भः दिन दिन सार्थक रहनेछ । दानपुण्य गरिनेछ । मनमा सन्तोष मिल्नेछ । स्वास्थ्य अनुकूल रहनेछ । सहयोग पाइनेछ ।
मीनः दिन प्रतिकूल रहनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्छ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ ।



