नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरमबिच दुई बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सहमति अनुसार, फोरम सरकारमा सहभागि हुने भएको छ । संविधान संशोधनका मुद्दाहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा सम्वोधन गर्ने सहमति पनि भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सहमतिपत्रमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल र समाजवादीका तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।