बेसीसहर, ३ असोज । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारागार चलान भएकी एक महिला २० हजार धरौटी रकम तिर्न नसक्दा ६ वर्षीय छोरासहित जेलमा बस्न बाध्य भएकी छन् ।
नवलपरासी कावासोती घर र लमजुङको बिचौर माइती बताउने ३५ वर्षीया सुकमाया मिजारसँगै उनका ६ वर्षीय छोरा सुजन मिजार जेलमै बस्न बाध्य बनेको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
लमजुङ जिल्ला अदालतले २०७३ भदौ ८ गते उनीमाथि लागेको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा २० हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको थियो । उक्त रकम जुटाउन नसकेपछि उनी छोरासहित जेल परेकी उन् ।



