विष्णुप्रसाद पोखरेल
दमक/ १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीबन घिमिरेले झापाको दमक नगरपालिका पूर्णखोपयुक्त नगरपालिका भएको घोषणा गरेकाछन् । सोमबार एक कार्यक्रमबीच उनले यो घोषणा गरेकाहुन् । यो खुसिको बिषय भएको भन्दै उनले यसको कार्यन्वयन र निरन्तरतामा ध्यान दिन पनि आग्रह गरे ।
स्वास्थ्य सेवाको बेथितिको बिषयमा उनले खुलेर बोले । सरकारले सर्वसाधरणहरुलाइ लक्षित गरेर निशुल्क औषधि उपलब्ध गराउनेदेखि लिएर उपचारमा अनुदानसम्म दिने गरेको भन्दै यो स्वास्थ्यकर्मी बाहेक बिरलैलाइ मात्र थाहा भएको भन्दै आलोचना पनि गरे ।
राज्यले नागरिलाइ प्रदान गरेको स्वास्थ्य सेवा प्रभावकारी नभएको भन्दै उनले भने, अहिले यो सुविधा लिनेहरु हात उठाउनुहोस भन्यो भने स्वस्थ्यकर्मी र स्वास्थ्य स्यंसेविकाको मात्र हात उठ्ला ।
यसैबीच उनले कार्यक्रममा केहि समय अघि आफूले दमकका सार्वजनिक शौचालयहरु अनुगमन गर्दाको क्षण पनि सम्झिए । दमक क्याम्पस र इलाका प्रहरी कार्यालय दमकको शौचालय देखेर अचम्मित भएको उनको भनाइ थियो ।
शौचालय अनुगमनबारे बोल्दै मन्त्री घिमिरेले भने, दमक क्याम्पसको शौचालय छिरेर निस्कदा आँशु नै बरर झर्यो, मेरो मात्र होइन मसंग पसेका पत्रकारदेखि मानवअधिकारबादीहरुको समेत अवस्था त्यस्तै भएको थियो ।
उनले यस्तो अवस्था हुनु दुखद भएको भन्दै शौचालय बस्न र पस्न सकिने बनाउनु पर्ने जनाए । सरसफाइमा ध्यान दिन जरुरी रहेको भन्दै अहिले पनि यस्तो बिषयमा सिकाउनु लाजमर्दो भएको उल्लेख गरे ।



