मानिसमा आफ्नो स्वास्थ्य ठिक हुनका लागि क्रियाशीलता, व्यायाम र खेलकुदको अत्यन्त ठूलो महत्व हुन्छ । शरीर स्वस्थ भएन भने मानसिकता पनि स्वस्थ हुँदैन ।

खेलकुद र व्यायामले मानसिक मात्र होइन शारीरिक स्वास्थ्यलाई पनि तन्दुरुस्त राख्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हाम्रो समयमा त्यति धेरै सुविधा थिएन । तर, अहिले व्यायाम र खेलकुदका धेरै सम्भावना र अवसरहरु प्राप्त छन् । त्यसको अधिकतम सदुपयोग गर्नुपर्छ ।

यौन र प्रेमलाई अत्यन्त रहस्यमयी विषय बनाइयो । यो रहस्यमय विषय नै होइन । यसलाई रहस्यमयी बनाउनुपर्ने कुनै कारण छैन । एक कोषिकाबाट बहुकोषिकामा जीवहरू प्रवेश गरेपछि नै प्रजननको विकास भयो ।

त्यसपछि मात्रै जीवहरूमा यौन चाहना र प्रेमको भावना सुरू भएको हो । यो विल्कुल स्वभाविक कुरा हो । मानवीय चेतना यत्रो विकसित हुँदा पनि हामीले यसलाई यस्तो रहस्यमयी बनायौँ ।

यौन चाहनालाई रहस्यमयी बनाउँदा विभिन्न प्रकारका विकृतिहरूको सृजना भयो । युवा उमेरमा आउने यौन चाहनालाई ठीक ढंगले अभिव्यक्त गर्न नसक्दा धेरै प्रकारका विकृतिहरू आइरहेका छन् ।

यौन र प्रेमलाई रहस्यमयी बनाउनु हुँदैन थियो । अनेक विकृति र कुण्ठा बोकेर हिँड्नुको सट्टा यसलाई सरल र वैज्ञानिक तरिकाले हल गर्नुपर्छ । त्यसका लागि पनि प्रेम र यौनलाई रहस्यमयी नबनाई खुला छाड्नुपर्छ । त्यसैले प्रेम र यौनका विषयलाई रहस्यमय बनाउनुको सट्टा खुल्ला ढंगले बुझ्ने, सिक्ने र अरुलाई पनि सिकाउने गर्नुपर्छ ।

बुझ्ने सिक्ने र जान्ने विषयलाई रहस्यमयी बनाएर राख्नु हुँदैन । जति मानिस वा प्राणी उन्नत हुँदै जान्छ त्यति नै प्रेमपूर्ण हुँदै जान्छ ।

पशुमा प्रेम नभई यौन चाहना मात्रै हुन्छ भने मानिसमा प्रेम र यौन दुवै हुन्छ । यौनको जगमा प्रेम फस्टाउँदै गएपछि महिला पुरूष तथा श्रीमान–श्रीमतिकबीचमा अत्यन्त प्रेमपूर्ण सम्बन्ध बन्छ र यौन त्यसैको एक ‘बेसिक पार्ट’ हो । यौनमा कुण्ठित भएर युवाहरुले ऊर्जा खर्च गर्न हुँदैन ।

(काठमाडौँको इन्द्रेणी फुडल्यान्डस्थित नयाँ शक्तिका युवाहरूद्वारा आयोजित कार्यक्रममा डा. भट्टराईले राखेको धारणाको सम्पादित अंश) नयाँ पत्रीका बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah