संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पाण्डितले राष्ट्रिय भावनाले ओतप्रोत हुनेहरु मात्रै सच्चा नेपाली हुन सक्ने बताएका छन्।

गायक, संगीतकार तथा पूर्वप्रहरी नायव उपरिक्षक किशोर खतिवडाको १३ औं पुण्य तिथिको अवसरमा ‘हामी नेपाली’ म्युजिक भिडियो मंगलबार संवाद डबलीमा लोकापर्ण गर्दै मन्त्री पण्डितले नेपालमा बस्ने सबैले सच्चा नेपाल हुन सक्नुपर्ने बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘यहाँ नेपाली पनि फरक फरक हुन्छन् भनिन्छ, जसको मनमा राष्ट्रियताको माया छ, त्यो मात्रै नेपाली हुन सक्छ’, उनले भने। मन्त्री पण्डितले स्वर्गीय खतिवडाले प्रहरी सेवा र गीत–संगीतको माध्यमबाट ठूलो योगदान दिएको बताए। खतिवडा देशप्रेम भएको ब्यक्ति समेत भएको उनको दावी थियो।

कार्यक्रममा पूर्व एसएसपी गुप्त बहादुर श्रेष्ठ, साहित्यकार राधेश्यम लेकाली, भवानीप्रसाद पौडेल, दिप लुलाधारलगायतले खतिवडाले समाजको लागि गरेको कार्यको चर्चा गरेका थिए।

त्यसैगरी खतिवडाकी छोरी श्रद्धा खतिवडाले बुबाकोदेशप्रतिको मायाले आफूहरुलाई प्रेरणा दिइरहेको बताइन्। उनले बाबुले समाजको लागि गरेको कुराको चर्चा हुँदा पीडा कम भएको अनुभूति भएको बताइन्। नेपाल खबर ड्ट कम बाट