सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्नुभएकाे हाे ।
कुल बजेट – १३ खर्व १५ अर्व १६ करोड १७ लाख
चालुतर्फ ८ खर्व ४५ अर्व ४४ करोड ७५ लाख ६४.३ प्रतिशत
पुँजीगत तर्फ ३ खर्व १३ अर्व ९९ करोड ८२ लाख २३.९ प्रतिशत
बित्तीय ब्यवस्था १ खर्व ५५ अर्व ७१ करोड ६० लाख ११.८ प्रतिशत
राजस्व ८ खर्व ३१अर्व ३१ करोड ८० लाख
बैदेशिक अनुदान ५८ अर्व ८१ करोड ५५ लाख
४ खर्व २५ अर्व २ करोड ८२ लाख
बैदेशिक ऋण बाट २ खर्व ५३ अर्व २ करोड ८२ लाख
आन्तरिक ऋण १ खर्व ७२ अर्व
केही दिनअघि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आधारित रहेर अर्थ मन्त्रालयले बजेट तयार पारेको छ । समृद्ध नेपाल सुखी नेपाली नारालाई पूरा गर्न सरकार तयार रहेकाले उच्च आर्थिक वृद्धिसहितको बजेट ल्याएको उहाँको दावी छ ।



