काठमाडौं- सरकारले आज आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गरेको छ। बजेट भाषण सुनेर संसद् बैठकबाट बाहिरिँदा पूर्व अर्थमन्त्रीसमेत रहेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको प्रतिक्रिया यस्तो छ:

म अलिकति निराश भएँ। बहुमत प्राप्त सरकारले जुन अवसर प्राप्त गरेको थियो र जनताले विकास र समृद्धिको आधार बन्छ, गुणात्मक ढंगले कार्यक्रम आउँछन्, बजेट आउँछ भन्ने परिकल्पना गरेका थिए, तर, सारमा पुरानैको निरन्तरता मात्रै आयो।

नीति तथा कार्यक्रम आउँदा पनि शंका गरेको थिएँ, बजेटमा सम्बोधन भएन भने यो कुरा फगत सपना मात्र बन्न सक्छ र सपनाबाट दु:स्वप्न पनि बन्नसक्छ भन्ने कुरा गरेको थिएँ। यसले राम्रो संकेत गरेन। उहाँहरुलाई नै नोक्सान गर्यो कि भन्ने मलाई लाग्छ।

हामी संघीयतामा गइसकेका छौं, विकासका आधार तल्लो तहलाई बनाउनुपर्छ। करमा त अहिले पनि केन्द्रले नै नियन्त्रण गरिरहेको अवस्था छ। तलबाटै विकास नभएसम्म विकासको आधार बन्दैन थियो। यहाँ त १३ खर्बको बजेटमध्ये जम्मा ४ खर्ब मात्र प्रदेश र स्थानीय तहमा गएको छ। त्यो एउटा गम्भीर त्रुटि हो भन्ने जस्तो मलाई लाग्छ।

अर्को, हामीले ठूला पूर्वाधारमा लगानी गर्नुपर्छ। केही महत्त्वपूर्ण संरचनामा सुधार गर्नुपर्छ र कृषि क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने कुरा थियो। त्यसमा पनि त्यो प्रकारले बजेट विनियोजन भएको देखिएन।

कुनै पनि प्रकारका आशाजनक नयाँ योजना र संस्थागत परिवर्तन हुने कुरा आएका छैनन्। बाह्य लगानीलाई प्रोत्साहित गर्ने कुरा पनि छैनन्, स्वदेशी लगानीलाई प्रवर्द्धन गर्ने कुरा पनि छैनन्। त्यस हिसाबले पुरानोकै निरन्तरतामा यो आयो। यो सपना सुरुमै तुहियो र सरकारले ठूलो अवसर गुमायो। म यस अर्थमा बहुत दुःखी छु।

लक्ष्य हासिल गर्न त रणनीतिक क्षेत्रमा बजेट विनियोजन गर्न सक्नुपर्छ र बाह्य लगानी आकर्षित गर्ने र आन्तरिक लगानी परिचालित गर्नुपर्छ। त्यो नभइसकेपछि ८ प्रतिशतको लक्ष्य राखेर मात्र त्यो प्राप्त हुन्छ जस्तो मलाई लाग्दैन।

खासगरी ५ लाख रोजगारी सिर्जना गर्ने भनिएको छ, त्यो पनि हुने म देख्दिनँ। कृषि जस्तो क्षेत्रमा ठूलो लगानी हुनुपर्थ्यो। कृषि क्षेत्रको लगानी पनि जम्मा १ खर्बको मात्र छ। शिक्षा क्षेत्रमा सामान्यतया २० प्रतिशत हुनुपर्नेमा ७/८ प्रतिशत मात्र छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah