मेष राशिः
मेष राशि हुनेहरुको लागि भोलिको दिन अनुकूल एवम् सफल रहनेछ । अवसर तथा समयको सदुपयोग गर्नाले प्रतिस्पर्धामा सफलता हात लाग्नेछ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ । अभिष्टकार्यमा सफलता मिल्ने तथा विशेष कार्य सम्पादन हुनजानाले मानसिक महत्त्वकांक्षा पनि बढ्नेछ । विरोधीपक्षलाई पनि सम्झौतामा ल्याउन सकिने छ । भोलि यहाँलाई हरियो रंग, छ अंकको प्रयोग शुभ हुनेछ भने विपक्षिलाई रणनीतिक सम्मान गर्न जानेमा आफ्नो हितमा फाइदा लिन सकिने छ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि भोलिको दिन सुधार भएको देखिन्छ तर पनि आत्मप्रशंसाको चाहनाले केही दुःख दिनसक्ने छ । मान्छेहरुको नजरमा अल्लि प्रभाव जमाउन कठिन पर्ने सम्भावना पनि छ । समयको सदुपयोग गर्नेहरुको लागि भने कुनै काम सिक्ने कार्यमा प्रगति गर्नसकिने छ । अर्काको चियोचर्चोमा मन जानाले आफ्नो कार्य अधुरो रहनसक्ने कुराप्रति होसियारी हुनुपर्ला । गोपनीयता बचाउन पनि यत्न गर्नु होला । भोलि पाँच अंक, रातो रङ्गको प्रयोग यहाँको लागि शुभ हुनेछ भने गरीब विद्यार्थीलाई सहयोग गर्नु फापसिद्ध हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि भोलिको दिन अल्लि सजग रहनपर्ने देखिएको छ । ख्यालख्यालमै कसैसँग विवाद हुन पनि सक्नेछ ख्यालपुर्याउनु होला । मानसिक संकिर्णता बढ्नसक्ने तथा आफ्नै बुद्धिकोकारण पछुतो पर्ने पनि हुनसक्ने छ । पारिवारिक जिम्मेवारी थपिनेतथा अभाव सृजना हुनसक्ने जस्ता संघर्षको संकेत पनि गोचरले देखाइरहेको छ । जसलाई सकारात्मक तरिकाले सामाना गर्ने मानसिक बल बनाएर तयारीमा बस्नु उपयुक्त हुनेछ । केही आलोेचना पनि आउनसक्नेछ सहन गर्ने शक्ति बढाउनु होला । भोलि यहाँलाई चार अंक, सेतो रङ्गको प्रयोग शुभ हुनेछ भने मातृशक्तिबाट आर्शिवाद लिनु हितकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि भोलिको दिन पराक्रम बढ्ने स्फुर्तिकर ग्रहगोचर परेकको दिन छ । आज समयको सदुपयोग गर्नसकेको खण्डमा केही महत्त्वपूर्ण कामकार्य सम्पादन गर्न सकिनेछ । आँटेताकेको कामकार्यमा सफलता हातपार्न सकिनेछ भने स्वजनहरुबाट पनि सहयोग मिल्नेछ । दैनिक रुपमा सञ्चालित पेशा एवम् व्यवसायको क्षेत्रमा ग्रहको प्रभाव ठिकै रहेको छ । केही महत्त्वाकांक्षी नविन कार्ययोजना पनि बन्नसक्ने छ । नियमित व्यवसायबाट राम्रै लाभ हात पार्नसकिने छ । भोलि यहाँले तीन अङ्क, हरियो रङ्गको उपयोग र गुरुजनको सेवाश्रद्धा तथा शक्ति जागरण गर्नु शुभकर हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि भोलिको दिन केही अदृष्य रोकावटको बाबजुतपनि सकारात्मक नै देखिएको छ । सावधानीपूर्वक वाणी व्यवहार गर्नाले बोलीवचनले मान्छेहरुलाई प्रभाव पार्नसकिने छ । सञ्चित धनको व्यय हुनसक्ने र व्यवसाय आदिबाट आर्थिक आम्दानी हुने, दुबैको सम्भावना रहेको छ । परोपकार एवम् सामाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ भने केही प्रयत्नले नाता–कुटुम्ब सम्बन्धमा सुधार ल्याउन सकिने छ । भोलि यहाँहरुको लागि दुई अंक, सेतो रंग शुभ रहने छ भने अदृष्य रोकावट निवारणको लागि भगवान सिद्धिदाता श्री गणेशको भक्तिभाव गर्नु हितप्रद हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि भोलिको दिन सामान्य अनुकूल रहेको छ, मुख्य काम प्रभावित हुनसक्ने देखिन्छ । भैरवदेवलाई प्रसन्न गराएमा व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य पूर्ण गर्न तथा अभिष्ट कार्यमा सफलताको लागि बृहस्पतिका प्रतिनिधि गुरु जनहरुको आर्शिवाद लिनु बुद्धिमानी हुनेछ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । भोलि यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग फापकर हुनेछ भने भैरवदेवको वहान कुकुरको सेवा गर्नु पनि उपयुक्त हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि भोलिको दिन केही कठिनाई तथा संघर्षको सामना गर्नपर्ने देखिएको छ । साविकभन्दा बढी नै मेहनत गरेरमात्रै केही सफलता पाउन सकिएला । त्यस्तै आज खर्च पनि बढीमात्रामा हुनसक्ने र कामकार्यहरुमा पनि बाधाबिघ्नता आउनसक्ने सम्भावना छ । हतार नगरी धैर्य र संयम धारण गर्ने गरेमा सम्भावित खतिक्षतिबाट बच्न सकिनेछ । तनाब लिनुभन्दा प्रतिकूल समयलाई टर्न दिनु उचित हुनेछ । सावधानिपूर्वक गरिने कार्यले केही लाभ पनि दिनेछ । यहाँको लागि भोलि तीन अङ्क र पहेंलो रङ्गको प्रयोग एवम् गुरुगणपतिको सेवा आराधना शुभप्रद हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि भोलिको दिन व्यापार–व्यवसाय तथा कर्म क्षेत्रबाट राम्रो लाभ गर्नसकिने गोचर परेको छ । परीक्षा तथा प्रतिस्पर्धामा उर्तिण तथा विजयी हुनसकिने छ । सन्तानको पक्षबाट सन्तोष मिल्नेछ । अधुरा रहेका कामहरुलाई पूर्णता दिनसकिने छ । अवसरको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । विवाह प्रसङ्गको चर्चा चल्ने पनि सम्भावना छ । समर्थन तथा सहयोग प्राप्त हुने र प्रशंसा पनि बढ्नेछ । भोलि यहाँलाई दुई अंक, सेतो रङ्ग उपयुक्त हुनेछ भने श्री गणपतिको श्रद्धाभक्ति तथा स्तुति गर्नुले थप सफलता मिल्ने छ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि भोलिको दिन मानसम्मान र उच्च संपर्क विस्तार हुनसक्ने सम्भावना भएको दिन छ । केही महत्त्वपूर्ण उपलब्धि गर्न सकिने छ । राज्यका निकायहरुबाट सम्पन्न गर्नपर्ने कार्य बन्नसक्ने छ । व्यवसायिक स्तरबृद्धि भईयथेष्ट मात्रामा आर्थिक लाभ हुने देखिन्छ । कार्यक्षेत्र तथा पेशा अनुसारको जिम्मेवारी थपिनसक्ने पनि सम्भावना रहेको छ । भावी कार्ययोजनाको बारेमा विचारविमर्श हुनसक्ने तथा प्रस्ताव आउनसक्ने छ । भोलि यहाँलाई रातो रङ्ग र एक अंकको प्रयोग शुभ हुनेछ भने सिद्धिविनायक गणेश भगवानको दर्शन तथा श्रद्धाभक्ति एवं स्मरण उपयुक्त हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि भोलिको दिन ईष्र्यालु तथा कमजोरी खोज्नेहरू सक्रिय देखिने सम्भावना भएकाले सावधानी अप्नाउन पर्नसक्ने छ । त्यस्तै मिथ्या आरोप आइलाग्नसक्ने सम्भावना भएकोले होसियारी जरुरी हुनेछ । शुरुशुरुमा भयत्रासको वातावरण सृजना भएपनि सकारात्मक सोँच तथा व्यवहारले परिणाम भने सुखद ल्याउन सकिनेछ प्रयत्न गर्नुहोला । औपचारिक कार्यक्रम आदिमा सहभागीहुनुपर्ने सम्भावना पनि देखिएको छ । आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म बढ्ने तथाधर्मप्रभावले धनलाभ पनि हुने देखिन्छ । भोलि यहाँलाई नौ अंक, पहेलो तथा सेतो रङ्गको प्रयोग र लम्बोदर भगवान श्री गणेश जी एवं माँ दर्गा देवीको स्तुति विशेष फलकारक हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि भोलिको दिन सोँचेभन्दा बढी संघर्ष गर्नपर्ने खालको दिन देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ । हतार नगर्नु तथा सोँचविचार गरेर चल्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । भोलि ध्यानाभ्यास गर्नु यहाँको लागि उपयुक्त हुनेछ भने आठ अंक, रातो रङ्ग र बाधाबिघ्न निवारणको लागि इष्टदेवको साधनामा बढोत्तरी गर्नु शुभ हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि भोलिको दिन भौतिक उन्नतिप्रद गोचर परेको छ । पेशागत क्षेत्रमा चहलपहल बढ्नेछ, उद्यमधन्दा प्रति चेष्टा बढ्नेछ । व्यवसायबाट राम्रै उपलब्धि एवं सफलता र लाभ हासिल गर्नसकिनेछ । टाढाको खबर मिल्ने, औपचारिक कार्यमा व्यस्त रहनुपर्ने, विशेष व्यक्तित्त्वहरुसँग भेट्घाट हुनसकिने छ । प्रेम तथा दाम्पत्यजीवनमा सुख बृद्धिहुने, विलासी–प्रमोदी दिनचर्या रहने, रमाइलो यात्राको संयोग पर्नसक्ने छ । सामान्य दैनिकी कार्यमा पनि व्यापारजन्य कर्म सम्पादन हुन जाने सम्भावना छ । सात अङ्क, सेतो रङ्गको उपयोग र साहित्यिक सन्दर्भ यहाँको लागि भोलि शुभप्रद हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah