दमक आउदो बर्षको शुरुवातदेखि सरकारी जागिर खानेहरुले पेन्सन नपाउने भएकाछन् । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा यस्तो उल्लेख रहेको छ । अब योगदानमा आधारित निवृतीभरण पाउने ब्यवस्था मिलाईएको जनाईएको छ ।
असार मसान्तसम्म नियुक्त भएका तथा पुराना कर्मचारीहरुका लागि भने यो लागु नहुने बताइन्छ । उनिहरुले भने पेन्सन पाउनेछन् । नयाँ नियुक्त हुने सरकारी कर्मचारीहरुले भने अब पेन्सन नपाउने भएपछि सरकारी जागिरप्रति बिगतको जस्तो आकर्षण नहुने जनाइन्छ ।










