प्रधानमन्त्री केपी शर्मा ओलीले बृद्धभत्ता बृद्धि नगरेको विषयमा मुख खोलेका छन् ।

संघीय संसद्को संयुक्त बैठकपछि मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले लोकप्रियताको लागि वृद्धभत्ता वृद्धि नगरेको जबाफ दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भने, ‘अघिल्लो सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा आर्थिक अनुशासन पालना गरेन, त्यसैले अहिले लोकप्रियताका लागि नयाँ निर्णय नगरेको हो ।’

प्रधानमन्त्री ओलीले सरकारले प्रस्तुत गरेको बजेट समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई साकार पार्ने गरी आएको बताए । ‘ठूला सपना देखाउनेभन्दा पनि यथार्थ धरातलमा टेकेर व्यवहारिक रुपमा बजेट आएको छ’ -उनले भने । दैनिक नेपाल बाट