नवलपरासी, १८ पुस । नवलपरासीमा जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिले अवैधरुपमा भइरहेको खोलाजन्य वस्तुको कारोबारलाई नियन्त्रण गर्ने अभियान चलाएको छ । केही साता अघि नवलपरासीको केरुङखोला आसपासका क्षेत्रबाट नियम विपरीत करिब रु १५ करोड बराबरको खोलाजन्य वस्तु ढुङ्गा, गिट्टी र बालुवा समितिको टोलीले नियन्त्रणमा लिएको थियो । नियम विपरीत हुँदै गएका कार्य तत्काल बन्द गरी जिल्लामा राजस्व सङ्कलन अभिवृद्धि गर्ने उद्देश्यले सो कार्य अघि बढाइएको समितिका सदस्य सचिव एवम् स्थानीय विकास अधिकारी जिवलाल भुसालले बताउनुभयो । सो क्रममा बरामद भएका खोलाजन्य वस्तु बोक्न प्रयोग भएका करिब २६ वटा टिपर र तीन वटा जेसीबी नियन्त्रणमा लिएर रु ६५ करोड लाख जरिवाना गरिएको छ । आव २०७१÷०७२ मा केरुङ खोलाबाट खोलाजन्य वस्तु ढुङ्गा, गिट्टी र बालुवा तोकिएको मात्रामा निकाल्नका लागि भनेर स्मृति निमार्ण सेवाले करिब रु पाँच करोडमा ठेक्का लिएको थियो । तर सो कम्पनीले नियम विपरीत लामो समयसम्म चुरे क्षेत्रमा उत्खनन गरी राखिएको करिब रु १५ करोड बराबरका खोलाजन्य वस्तु ढुङ्गा, गिट्टी र बालुवा समितिले सवारीसाधनसहित नियन्त्रणमा लिएको हो । नवलपरासीमा करिब एक दर्जन ठूला खोलानाला रहँदै आएका छन् । जसबाट जिल्ला विकास समितिले वार्षिकरुपमा करिब रु १० करोड बराबरको राजस्व सङ्कलन गर्ने गर्दछ ।
खोलाजन्य वस्तुको कारोबारलाई नियन्त्रण गर्ने अभियान

सवाल नेपालसंवाददातासोमबार, १७ पुस २०७३

खोलाजन्य वस्तुको कारोबारलाई नियन्त्रण गर्ने अभियान
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३


