सरकारले निजामति कर्मचारीलाई दुई हजार रुपैँया महंगी भत्ता बृद्धि गरेको छ ।
बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले महंगी भत्ता २ हजार रुपैँया बृद्धि गरिएको जानकारी दिए । यसैगरी, कर्मचारी र शिक्षकको पोशाक भत्ता बढाएर १० हजार पुर्याइएको छ ।
कर्मचारीको तलबको विषयमा अध्ययन गर्न सरकारले एउटा समिति बनाउने भएको छ । समितिको सिफारिस अनुसार तलब निर्धारण गरिने भएको छ ।
यसैगरी, सरकारले आगामी आर्थिक बर्षबाट नियुक्त हुने सरकारी कर्मचारीलाई पेन्सन नदिने व्यवस्था गरेको छ । दैनिक नेपाल बाट










