नाम जुधेपछि नेपाल कम्युनिष्ट पार्टीको नाम दुई सातामै परिवर्तन भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको पछाडि अब (नेकपा) पनि झुण्डिने भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचन आयोगमा यसअघि नै ऋषि कट्टेलको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी दर्ता छ भने नेत्रविक्रम चन्दले नेपाल कम्युनिष्ट पार्टीका नाममा गतिविधि गर्दै आएका छन्।

नेपाल कम्युनिष्ट पार्टी नामक पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भएका कारण नेपाल कम्युनिष्ट पार्टीका पछाडि (नेकपा) थपेर चलाखीपूर्वक पार्टी दर्ता गर्न लागिएको हो । अब पार्टीको पूरा नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुनेछ । यसअघि नामको पछाडि नेकपा राखिएको थिएन ।

तत्कालिन एमाले र माओवादी केन्द्र एकता भएर जेठ १३ गते नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । नयाँ पार्टीको दर्ता प्रक्रिया तत्कालै सक्न नेताहरु सुवास नेम्बाङ र देव गुरुङलाई जिम्मा दिइएको छ। दैनिक नेपाल बाट साभार गरिएको