सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त एसएसपी श्याम खत्री बिहीबार बिहान मोरङ जिल्ला अदालत हाजिर भएका छन्।

बिहान साढे १० बजे खत्रीका कानुनी सहयोगी अधिवक्ता हेमराज पन्तमार्फत उनी अदालत हाजिर भएका हुन् । अदालतको नियन्त्रणमा रहेका खत्रीसँग आज बयान लिने तयारी छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुन तस्करीको अनुसन्धान गर्न बनेको टोलीले खत्रीलाइ झिकाउन प्रहरी प्रधान कार्यालयलाइ पत्राचार गरेपिछ उनी फरार थिए । वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय मोरंगले प्रतिवादी बनाएर एसएसपी खत्रीविरूद्ध मुद्दा अदालतमा दर्ता गरेको थियो ।

प्रहरीले देशभर रहेका आफ्ना प्रहरी युनिट र अन्तरार्ष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा खत्रीको खोजी गरिरहेको थियो ।

तस्कर गोरेले अदालतको बयानमा एसएसपी खत्रीसँग मिलेर सुन भित्र्याएको उल्लेख गरेका छन् ।