मेष राशिः
मेष राशि हुनेहरुको लागि भोलिको दिन पुरुषार्थिलो दिन देखिएको छ । तथापि ग्रहको भूमिका केही बाधक रहेकोले केही उपाय अवलम्बन गर्नु उपयुक्त हुनेछ । उन्माद्लाई संयम गरेर समयको सदुपयोगपूर्वक स्वकर्ममा केन्द्रित हुनसकेमा केही कार्यहरु संपादन गर्न सकिनेछ । विपक्षीहरुको सम्झौता प्रस्तावलाई स्वीकार गर्नाले फाइदै हुनेछ । व्यवसायिक उन्नति हुन गई लक्ष्मीको कृपा प्राप्त हुने र आर्थिकभार हल्टो हुनेछ । भोलि यहाँलाई छ अंक, हरियो तथा निलो रङ्ग शुभ हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि भोलिको दिन सकारात्मक रहेको छ । बुद्धि पुर्याउनसके ज्ञानार्जनको क्षेत्रमा प्रगति गर्नसकिने छ । विद्यार्थीहरुको लागि दिन उपलब्धिमूलक हुनेछ । अन्यले आफ्नो मुख्यकाममा समय दिनु उचित हुनेछ । अन्यथा परकार्य सम्पादन हुने र आफ्नो कार्य थाति रहने हुनसक्ने छ । सन्तानको पक्षबाट सहयोग एवं सन्तुष्टि मिल्नेछ । सैद्धान्तिक अडानले स्यावासी मिल्नेछ । व्यवसायीहरुको लागि व्यवसायिक लाभकर दिन रहेको छ । पाँच अङ्क, रातो रङ्गको प्रयोग शुभप्रद हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि भोलिको दिन मनमा संकोचित विचार बढ्नाले सहकमीसँग विवाद हुनसक्ने कुरालाई ग्रहगोचरले लक्षित गरिरहेको हुनाले संयम रहन जरुरी हुनेछ । पारिवारिक कार्यभार बढ्नसक्ने कुरालाई नकार्न सकिन्न । अभावको विषयलाई लिएर पारिवारिक असन्तुष्टिको सामना गर्नपर्न पनि सक्नेछ । आज तपाईको पक्षमा अभिमत दिने समर्थकको अभाव खट्किन सक्ने भएकोले सम्बन्धित पक्षमा सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । धैयैधारणले नै प्रतिकूलता टार्नसकिने कुरालाई गुरु मन्त्र बनाउनु होला । भोलि यहाँलाई चार अंक, सेतो रङ्गको प्रयोग फापकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि भोलिको दिन मिश्रित रुपम लिनसकिन्छ । पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन हुनेछ । सामान्यजसो दैनिक कामकार्यको पक्षमा ग्रहले राम्रै बल दिइरहेको देखिन्छ । कामकार्यमा विशेष रुचि बढ्ने छ । महत्त्वपूर्ण कार्ययोजनाको बारेमा पनि जमर्को चाहीँ हुनेछ । आफन्तीसँग भेटघाट हुने र केहीहद्सम्म सहयोग पनि पाइने छ । व्यवसायिक क्षेत्रबाट आंशिक लाभ पनि गर्नसकिने छ । भोलि तपाईको लागि तीन अंक, हरियो एवं सेतो रंगको प्रयोग गर्नु शुभकारक हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि भोलिको दिन बोलीवचनको प्रभाव सकारात्मक पर्ने ग्रहयोग परेको छ । संभाषण आदिमा माधुर्यताको विकास हुने र मान्छेहरु आकर्षित गर्न सकिने छ । समुन्नती हुने दिन परेकोले व्यापार एवम् व्यवसाय आदिमा राम्रो कारोबार हुनसक्ने छ । धुकुटीमा धनधातु तथा खजानाको बृद्धि हुनेछ । परिवारमा नयाँ सदस्य वा नाता–कुटुम्ब अर्थात परदेशी कसैको आगमनले तथा कसैकसैकोमा शुभसमाचार प्राप्त हुनाले वातावरण रमाइलो बन्नेछ । परपाहुनाको सेवासत्कारमा अल्लि व्यस्त पनि हुनपर्ने सम्भावना रहनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि भोलिको दिन उपलब्धि एवं लाभ गर्नसकिने छ रपनि गोचरमा केही अबरोधको संकेत देखिएको छ । बढी चाहना गरिएको काम भने प्रभावित हुनेछ । तथापि दैनिक कार्य साविकै रुपमा हुने छन् । आफन्तिजनको आगमन हुन, मनमा केही उत्साह तथा खुशी र उमंग बढ्नेछ । प्रशंसा पनि मिल्ने र निमन्त्रणा तथा स्वागत सत्कार प्राप्त हुनेछ । सहयोगी भेटिने र व्यापार एवम् व्यवसायिक कार्यबाट फाइदा उठाउन सक्नुहुनेछ । तपाईको लागि भोलि एक अंक, रातो रङ्ग उपयुक्त हुनेछ भने भैरवदेवको आराधना उपाशना गर्नाले विशेष काममा आउने अड्चनलाई कम गर्न मद्दत मिल्नेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि भोलिको दिन बढीनै यत्न गर्दा थोरैमात्रामा सफलता मिल्ला । सञ्चित धनको खर्च गराउने ग्रहयोग परेको हुनाले ढुकुटीमा ह्रास आउनसक्ने छ । सोँचविचार एवम् विवेक पनि विपरित हुनसक्ने सम्भावना छ, ख्याल पुर्याउनु पर्ला । हतारमा र विना जरुरी फजुलका कार्यमा चेष्टा नगरेकै राम्रो हुनेछ । अन्यथा क्षतिखति व्यहोर्न पर्ने तथा पश्चातापमा पर्न सकिने सम्भावनालाई पनि नकार्न सकिन्न । तीर्थ गमन वा मान्यजन दर्शनभेट आदि गरी खर्चको सदुपयोग गर्नु मनासिव होला ।

वृश्चिक राशिः
वश्चिक राशिहुने व्यक्तिहरुको लागि भोलिको दिन प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानको पक्षबाट पनि सन्तोष लिनसकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ । भोलि यहाँलाई दुई अंक, सेतो रङ्ग फापकर हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि भोलिको दिन अनुकूल रहेको छ । अवसर प्राप्त हुने सम्भावना छ । भोलि तपाईलाई कामकार्यमा विपरितलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिनसक्ने लक्षण छ । ईज्जत, पदप्रतिष्ठा एवं मानमर्यादा बढ्ने छ । जागिर तथा नोकरी एवं व्यापार व्यवसायबाट लाभ गर्नसकिने छ भने उच्च आहोदाका व्यक्तित्त्वसँग भेटघाट हुनसकिने र आडभरोसाजन्य आश्वासन मिल्नसक्ने छ । भोलि तपाईलाई एक अंक, रातो रङ्गको प्रयोग शुभ रहने छ ।

मकर राशिः
मकर राशि हुने व्यक्तिहरुको लागि भोलिको दिनले अनुकूल मोडलिने देखिएको छ । कामकार्य तथा पेशा वा व्यवसायबाट फाइदा लिनसकिने र उन्नति प्रगति हुनेछ । सहयोगीहरू थपिने छन् । ठूलाबडासँगको भेटघाटले हौंसला बढ्ने तथा महत्त्वकांक्षी भइनेछ । पेशा तथा व्यवसायको विकास हुनगई लाभांश हात पर्नेछ । धर्म–अध्यात्म विषयमा आइरहेको द्वन्दबाट पारपाउन सकिने छ, सत्सङ्गको मनस्थिति बन्नेछ । दाम्पत्यजीवन तथा प्रेमप्रसङ्गमा मधुरता आउनेछ । स्वजनहरुसँग भेटघाट हुनसक्ने छ । जनव्यवहारमा उदारता तथा सहानुभूतिजन्य विचार बढ्ने ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि भोलिको दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा असर गर्नसक्ने छ । दीर्घरोगीले बढी ख्याल पुर्याउन जरुरी देखिन्छ । कार्यक्षेत्रमासंघर्ष बढ्ने तथा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले होसियारी अप्नाउन जरुरी देखिन्छ । संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्नसकिने छ । आहारविहारमा सजगता अप्नाउनाले स्वास्थ्यकष्ट हुनबाट बच्न सकिएला । आठ अंक, रातो रङ्ग भोलि यहाँको लागि उपयुक्त रहनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि भोलिको दिन अल्लि हांस्याहट्प्रद हुने सम्भावना छ, संयमित हुनसके राम्रो हुनेछ । विशेष कार्य भने प्रभावित हुने देखिन्छ । सांसारिक सुख मिल्ने, सामाजिक मानमर्यादा बढ्ने र सेवा सत्कार पाइने छ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्न जानाले आजको दिन रमाइलो महसूस हुनेछ । प्रेम पारखीहरुको लागि दिन प्रेमप्रद रहनेछ । विवाह योग्य युवायुवतीको लागि उपयुक्त स्थानबाट विवाह प्रस्ताव आउनसक्ने सम्भावना छ । देश तथा विदेशको यात्राको संयोग पर्नसक्ने छ । व्यापार व्यवसायबाट लाभ र आफन्तजनको सहयोग मिल्ने छ । भोलि यहाँहरुको लागि सात अंक, सेतो रङ्गको प्रयोग अनुकूल रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah