पोखरा, ३ असोज । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले भारतसँग प्रचण्डद्वारा गरिएका सम्झौता अस्वीकार्य हुने बताएका छन् ।
एमालेको प्रदेश नं. ४ स्तरीय पहिलो बैठक उद्घाटनपछि पोखरामा ओलीले कलंकको कालो टीका लगाएर प्रचण्ड भारत भ्रमणबाट फर्किएको आरोेप लगाएको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
उनले भने, ‘उहाँले हिंसा पनि बोक्नुभयो, आतंक बोक्नुभयो, विदेशी हतियार पनि बोक्नुभयो, विदेशमा गएर के के बोकेर आउनुभएको छ । तर नेपाल त्यस्ता कुरा बोक्दैन । हामीलाई त्यो स्वीकार्य छैन ।’
र्
एमालेले अस्वीकार गरेको विषय पूरै नेपालले अस्वीकार गर्ने उनले बताए ।



