काठमाडौं, १८ पुस । प्रमुख दलहरूका बीच संविधान संशोधनको विषयमा कुरा नमिलिरहेका बेला संसदको बैठक आज बस्दैछ ।

दिउँसो नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा संशोधन प्रस्तावलाई अगाडि बढाउने स्रोतको भनाइ छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संसदको आजको कार्यसूचीमा संशोधन प्रस्ताव राखेमा एमालेसहतिका नौ दलहरूले सदाझै सदन अबरोध गर्ने चेतावनी दिइसकेका छन् ।

सरकारले भने जसरी हुन्छ सदनमा संशोधन प्रस्तावलाई अगाडि बढाउने तयारीमा छ ।

प्रतिपक्षी दलहरूले संशोधन प्रस्ताव दर्ता गर्न नदिने र सरकारले प्याकेजमा सहमति खोज्ने अडान लिएका कारण लामो समयदेखि व्यवस्थापिका संसद अवरुद्ध छ । संसद अवरुद्ध भएका कारण संशोधन, निर्वाचन, महाअभियोगलगायतका विधेयक र प्रस्तावहरुमाथि छलफल हुन सकेको छैन ।

आज बिहानसम्म प्रतिपक्षी दल र सत्तापक्षबीच कुनै पनि विषयमा सहमति जुटेको छैन । एमालेले आफ्नो अडान छोडेको छैन । बरु उसले शक्ति प्रदर्शनको तयारी गरिरहेको छ ।

दैनिक नेपाल बाट सभार