बुटवल- पाल्पाको रम्भा गाउँपालिका-४ हुमिनमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यहरु रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणका लागि हिँडेको लु २ त ९७५ नंको बस दुर्घटनामा परेको हो।
प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृतकमध्ये कमला कार्कीको लुम्बिनी मेडिकल कलेजमा र सचिन बज्राचार्यको मिसन अस्पतालमा मृत्यु भएको हो। अन्यको भने घटनास्थलमै मृत्यु भएको हो।
घाइते हुनेहरुमा प्रफुल्ल शर्मा, विमल रन्जन, उत्तमकुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, मुना सारु, अर्जुन थापा र प्रविण बज्राचार्यको तानसेन मिसन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।
मृत्यु हुनेहरुको नाम १ विष्णुमान बज्राचार्य तानसेन ४ २ देवेन्द्रलाल प्रधान तानसेन ३ ३ कृष्णमान बज्राचार्य तानसेन ३ ४ छत्रमान शाक्य तानसेन ३ ५ सुशीलप्रसाद श्रेष्ठ तानसेन ६ ६ कृष्णबहादुर बोहोरा तानसेन ४ ७ दुर्गाबहादुर सारु तानसेन ६ ८ लोकनाथ ढकाल तानसेन २ ९ वसन्ती खाँण तानसेन ३ १० गीता बुढाथोकी तानसेन ६ ११ कमला कार्की तानसेन ३ १२ सचिन बज्राचार्य तानसेन ६ मृतक एक जना महिलाको नाम खुल्न सकेको छैन।










