एजेन्सी । महाभारतमा जेठा पाण्डव पुत्र युधिष्ठिरले पितामह भीष्मलाई सोधेका थिए । मानिसले कस्ता कस्ता काम गर्नु हुन्छ ? के के काम गर्नु हु्न्न ? र हाम्रो स्वभाव कस्तो हुनुपर्छ ?

महाभारतको अनुशासन पर्वमा लेखिए अनुसार भिष्मले यसको जवाफ दिएका थिए।उनको जवाफ आज सम्म पनि जीवन उपयोगी मानिन्छ।

भीष्मका अनुसार मानिसको शरिरबाट तीन , बोलीबाट ४ र मनबाट ३ गरि १० वटा काम गर्न हुँदैन्। यी १० कार्यलाई महापाप भनिन्छ।

शरीरबाट हुने तीन महापाप यस प्रकार छन् :

१.हिंसा गर्नुः जुनसुकै परिस्थितिमा अनावश्यकरुपमा हिंसा गर्नुलाई पाप मानिएको छ ।

२.परस्त्रीगमनः परस्त्रीसंग शारीरिक सम्वन्ध राख्नुलाइ निकै ठुलो पाप मानिएको छ । महिलाहरुको लागि परपुरुषगमन पनि महापाप हो। जुनुसकै परिस्थितिमा यसबाट बच्नु पर्छ ।

पति पत्नी एक अर्कासंग इमान्दार रहँदै वैवाहिक जीवनका नियमको पालना गर्नु पर्दछ। एक अर्काको विश्वास तोड्नु महापाप हो।

३.चोरीः चोरी शरिरबाट हुने तेस्रो महापाप हो। मानिसले आफ्नै मेहेनतबाट धन आर्जन गर्नु पर्छ। अन्य मानिसको धन चोर्नु महापाप हो।

बोलीबाट ४ किसिमका पाप यसप्रकार छन् ।

१.व्यर्थ कुराः मतलब नभएको वाहियाद कुरा गर्नु पनि पाप हो ।

२.कठोर कुराः निर्द्य बोलीलाई पनि पाप मानिएको छ ।

३.कुरा लगाउनेः एउटाका कुरा अर्कालाई लगाउनेलाई पनि बोलीबाट हुने पाप भनिन्छ ।

४.झुट कुराः झुट कहिल्यै बोल्नु हुन्छ। झुट बोल्नु महापाप हो।

मनबाट हुने ३ पाप यस प्रकार छन्

१.अर्काको धनको लोभ गर्नुः अर्को लोभ गर्नु र त्यसलाई हत्याउने सोच्नु पाप हो।

२.अरु वैरभाव राख्नुः सवै प्राणीसंग प्रेम गर्नु पर्छ,कसैप्रति खराव भाव राख्नु पनि महापाप हो।

 ३.कर्मको फल प्रति विश्वास नराख्नु यदी हामी विधाताले दिएको कर्म फल प्रति विश्वास राख्दैनौ भने यो पनि महापाप हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah