विष्णुप्रसाद पोखरेल

दमक, दमक र आसपासमा दैनिक कति मूल्य बराबरको मदिरा अर्थात रक्सी बिक्री होला ? तपाईलाइ लाग्दो केहि लाख वा करोड । तर तपाइको अनुमान यहाँ मेल नखानसक्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माइवारी क्षेत्र अर्थात दमकलाइ मुख्य केन्द्र बिन्दु मानेर हेर्ने हो भने दैनिक कम्तिमा मासिक अरब मूल्य बराबरको मदिरा बिक्री हुदै आएको छ । त्यो पनि घरेलु मदिरा नभएर ब्राण्ड बनेर उद्योग मार्फत उत्पादन हुने मदिरा यो मूल्य बराबरको बिक्री हुने गरेको हो ।

यो एउटा ठूलो ब्यवसाय भएको पाइएको छ । कतिपयले दर्ता गरेर त कतिपयले बिना दर्ता नै मदिराका पसलहरु चलाएकाछन् । दर्ता गर्ने र नगर्नेको संख्या बराबरीको हाराहारीमा रहेको जनाइन्छ ।

मदिरा ब्यवसायी संघ माइवारी क्षेत्रिय समितिका अध्यक्ष प्रेम पाण्डेका अनुसार आफूहरुसंग आवद्ध रहेका करिब १४ सय ब्यवसायी मार्फत यो मूल्य बराबरको बिभिन्न ब्राण्डका मदिराहरु बिक्री हुदै आएको छ ।

यो पारदर्शी रुपमा हुने गरेको जनाउदै यति ठूलो ब्यवसायलाइ गम्भिर आघात पर्ने गरी अहिले मूलय बृद्धि गरेको भन्दै यसले घरेलु मदिरालाइ प्रोत्साहन हुनृ आ।ाृव लगाए ।

सरकारले १०.७१ प्रतिशत देखि १३७.५० प्रतिशत सम्म अन्तशुल्क कर बृद्धि गरेपछि यस क्षेत्रका ब्यवसायी पनि निराश बनेकाछन् । पत्रकार सम्मेलन गरेर नै असन्तुष्टि समेत पोखेकाछन् ।

सवैभन्दा बढी खपत हुने ५० यूपीका मदिरामा सवैभन्दा बढी १३७.५० प्रतिशत अन्त शुल्क बृद्धि गर्दा यसले उपभोक्ता देखि ब्यवसायीसम्मलाइ असर पर्ने उनको भनाइ छ । यसको असर बजारमा देखिन थालेको उनको भनाइ थियो ।