विश्वकप फुटलको रौनक छाउँदै गर्दा तपाई आफुलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने मोबाइल एप Reecharger ले १ रुपैंयामा त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ । आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबल प्रेमिलाई ९९९ रुपैंयाको जर्सी १ रुपैंयामा उपलब्ध गराउने अफर Reechargerले ल्याएको हो ।

विश्वकप फुटबल सुरु हुन २ सातामात्र बाँकी हुँदा Reechargerले ठुलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षितगर्दै यस्तो अफर ल्याएको हो । यो अफर आगामि आइतबार अर्थात जुन ३ तारिखका दिनदिउँसो १२ बजेबाट सुरु हुनेछ । यो अफर Reechargerको वेबसाइटमा नभई मोबाइल एपमामात्र लागू हुनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गुगलप्ले तथा एप्पलको एप स्टोरबाट Reechargerडाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० रुपैंया क्यास व्याकपाउने छन् । त्यस पछि जतिको मोबाइल रिचार्ज गर्नु हुन्छ, त्यत्ति नै क्यास व्याकपाउनु हुन्छ । यसरी प्राप्त हुने क्यास व्याकलाई Reechargerबाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ ।

‘तपाईले ५०० क्यास व्याक सदुपयोग गरी १ रुपैंया मात्र भुक्तानगर्दा ९९९ रुपैंयाको जर्सी पाउनु हुनेछ ।’ग्लोबल कीटेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने । उनका अनुसार यो अफर सिमित अवधिकालागि मात्र लागू हुनेछ । ग्लाइडरका अनुसार प्रत्येक एक महिनामा यस्ता अफरहरु नियमित रुपमा सञ्चालन गरिनेछ ।

‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंगगर्दा तपाईले ११ वटा बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्नु हुन्छ ।’ग्लोबल की टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भने ।

‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’भन्ने नाराका साथ सेवा सुरु गरेको Reechargerगुगलप्ले तथा एप्पलएप स्टोरमा गरी ४५ हजारभन्दा बढी डाउनलोड भैसकेको छ । नेपालमा चलनचल्तीमा रहेका १ हजार बढी ब्राण्डसंग सहकार्य गर्दै सुपथमूल्यमावस्तु तथा सेवाउपलब्ध गराउने लक्ष्यReecharger ले लिएको छ ।

होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवाप्रदायककाबिलहरु पनितिर्न सकिने तयारी गरिरहेको Reechargerएपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिन्छ ।