शनिबार बेलुका बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका ५५ इन्सपेक्टरलाई डिएसपी बढुवामा सिफारिस गरेको छ।

एउटै ब्याचका ५५ जना बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिसअनुसार यसअघि ब्याचमा अगाडि रहेका अहिले पछि परेका छन्। बढुवा सूचीअनुसार मिम बहादुर लामा, घनश्याम श्रेष्ठ र राजु पाण्डे अग्रस्थानमा छन्। त्यस्तै उमेश लम्साल, किरणजंग कुँवर, मदन कुँवर, सिद्धराज न्यौपाने, दिप्ती कार्की, भरत श्रेष्ठ र राजेन्द्र श्रेष्ठ टप १० भित्र परेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि आफ्नो ब्याचमा एक नम्बरमा रहेका रेवतीरमण पाखेरल ३५ नम्बरमा पुगेका छन् भने दोस्रो नम्बरमा रहेकी दिप्ती कार्कीको आठौं नम्बरमा बढुवा सिफारिस भएको छ।

यस्तो छ बढुवा सिफारिस सूची -