दमक/ तत्कालिन माओबादी केन्द्रका कार्यालय सचिब एवं नेपाल कम्यूनिष्ट पार्टीका स्थानीय नेता चुडेन्द्र अधिकारीको हृदयघातका कारण निधन भएको छ । गयराती उनको निधन भएको बताईएको छ ।
नेपाल कम्यूनिष्ट पार्टीकी नेतृ धर्मशिला चापागाइले अधिकारीको निधन भएको प्रति आफ्नो सामाजिक सञ्जाल फेसबुक स्टाटसमा यस्तो लेखेकीछन् -हैन कस्तो अकल्पनिय खवर ,चूडेन्द्र अधिकारीको निधन ! जस्तै अप्ठ्यारो, अभाव अनि असहज अवस्थामा पनि धैर्यताका साथ जिल्ला पाटीॅका कामलाई सम्पन्न गर्ने कुुशल क्षमता तपाइमा थियो l हार्दिक श्रद्धान्जली तपाइप्रति साथै शोकमा डुवेको परिवार र सिंगो पाटीॅ पंतिमा समवेदना छ l
यसैगरी नेपाल कम्यूनिष्ट पार्टीका अर्का नेता सिपि कडरियाले लेखेकाछन
अकल्पनीय र दुःखद् खबर!!! हाम्रो पार्टी का झापा जिल्ला कार्यलय सचिब, आफ्नो जिम्मेवारी प्रति सधैं ईमान्दार , निष्ठावान र कर्तब्यनिष्ठ योद्दा क. चुडेन्द् अधिकारीको हृदयघातका कारण २०७५/०२/२० गते १२:३० मा निधन भएको छ !! अलबिदा कमरेड चुडेन्द्र!! तपाईको निधनले पार्टी लाई अपूरणीय क्षति पुगेको छ। हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना!!










