पाँचथर, १८ पुस । सदरमुकाम फिदिममा जारी आठौँ टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा इलाभेन एरोज क्लब सुनसरी विजयी बन्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

एरोजले हिमालयन शेर्पा क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । सुनसरीको जितमा विदेशी सामसिङले ३० आँै र ६८ औँ मिनेटमा दुई गोल तथा ८३ औँ मिनेटमा पिटरले थप एक गोल गरेका थिए ।

प्रतियोगिताअन्तर्गत मङ्गलबार आयोजक फिदिम स्पोर्टिङ क्लब र फ्रेन्डस क्लब बिआरसी भुटानबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । नेपाल, भारत र भुटानका गरी १० टोली सहभागी प्रतियोगिताका विजेताले रु दुई लाख ५० हजार र उपविजेताले रु एक लाख ७५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय