इनरुवा, १८ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान सशोधनबिना कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ ।

प्रेस मञ्च सुनसरीले सदरमुकाम इनरुवामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महतोले संविधान संशोधनबिना गरिने चुनावको कुनै अर्थ नरहने र त्यसलाई मधेसी जनताले बहिस्कार गर्ने दाबी गर्नुभयो ।

उहाँले संविधान संशोधन परिमार्जनसहित हुनुपर्ने र त्यो समस्या समाधानका लागि हुनुपर्ने तर्क गर्नुभयो । अहिले संविधान संशोधन देश विखण्डनका लागि नभई सबैको अधिकार सुनिश्चितता र संविधान कार्यान्वयनका लागि आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले मधेसी, आदिवासी, जनजाति, मुस्लिम, थारुलगायतका माग सम्बोधन नगरी संविधान कार्यान्वयनको कल्पना गर्नु मुर्खता मात्र हुने पनि जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah