काठमाडौ,१९ पुस । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा अराजक र उद्दण्ड नबन्न तथा गैरसंसदीय काममा सरिक नहुन सांसदलाई निर्देशन दिएका छन् । उनले आफूहरूले संसद्भित्र मर्यादित र शान्तिपूर्ण तारिकाले विरोध गर्ने भएकाले नेतृत्वको निर्देशनअनुसार चल्न निर्देशन दिएका हुन् । पार्टी संसदीय दलको बैठकमा सोमबार सांसदलाई निर्देशन दिँदै ओलीले संविधान संशोधन प्रस्ताव अघि बढ्न नदिने बताए । ‘एमाले संसद्मा मेचटेबुल भाँच्ने, माइक फुटाउने पार्टी होइन, शान्तिपूर्ण र मर्यादित विरोध गर्ने हो । तपाईंहरू नेतृत्वको निर्देशनअनुसार चल्नुहोला, हामी अगाडि हुन्छौं,’ उनले भने । नेतृत्वको संकेत र भाषा बुझेर अगाडि बढ्न उनले सांसदहरुलाई आग्रह गरे । ‘केही गर्नुपर्यो भने हामी अगाडिबाट कमान्ड गर्छौं, तपाईंहरू भाषा बुझ्नुहोला, बीचैमा उभिएर प्रस्तुत हुने अभद्र र अमर्यादित स्थिति हामीबाट हुनुहुँदैन, अगाडिबाट जे कमान्ड हुन्छ। तपाईंहरूले त्यसैलाई निर्देशनका रूपमा मान्नुहोला’, उनलाई उद्धृत गर्दै एक सांसदले भने । तीन दलको सोमबारको बैठकमा आफूले सत्तापक्षका नेतालाई संशोधन प्रस्ताव अघि बढ्न नदिने र बढ्न नसक्ने बताएको ओलीले जानकारी दिए। ‘रातारात चोर बाटोबाट ल्याइएको, राष्ट्रलाई दीर्घकालीन रूपमा अहित गर्ने संशोधन प्रस्ताव कुनै हालतमा एमालेले अघि बढ्न नदिने सत्तापक्षलाई आज पनि बताएको छु’, ओलीलाई उद्धृत गर्दै सांसद डा. राजन भट्टराईले भने । ओलीले प्रदेश २ मा पनि पहाड मिलाएर विगतमा भएको कमजोरी सच्याइने बताए। प्रदेश २ सुक्खा प्रदेश भएको गुनासो आफ्नै पार्टीभित्रबाट आएको बताउँदै ओलीले संविधान कार्यान्वयन गर्दै जाँदा दुई नम्बर प्रदेशमा पनि पहाड मिलाउने जानकारी गराए । ‘दुई नम्बर प्रदेशलाई किन सुक्खा प्रदेश बनाइयो भन्ने आवाज दुई नम्बर प्रदेशकै जनताबाट आएको छ’, ओलीले भने, ‘हिजो संविधान बनाउँदा यसमा कमजोरी भएको छ। समयक्रममा संविधान कार्यान्वयन गर्दै जाँदा यस प्रदेशमा पहाड पनि मिसाउनुपर्छ’, उनले भने । सासंदहरूलाई सरकारले संसद्मा विवादित संशोधन प्रस्ताव टेबुल गरे प्रतिकार गर्नसमेत अह्राए। सरकार संशोधन प्रस्ताव सजिलै फिर्ता गर्ने पक्षमा नरहेको भन्दै उनले निकै ठूलो धक्का आवश्यक रहेको बताए । अन्नपूर्णपाेष्ट दैनिकमा खबर छ ।
प्रदेश नम्बर २ सच्याइन्छ, उद्दण्ड नबन : ओली

सवाल नेपालसंवाददातामंगलबार, १८ पुस २०७३

प्रदेश नम्बर २ सच्याइन्छ, उद्दण्ड नबन : ओली
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३


