२०७५, ज्येष्ठ २५ गते शुक्रबार, अधिक ज्येष्ठ कृष्ण नवमी, उत्तराभाद्रपदा नक्षत्र, आयुष्मान्योग, मीनमा चन्द्रमा
मेषः दिन प्रतिकूल छ । खर्चको मात्रा बढनेछ । मुख्य काममा व्यवधान आउन सक्छ । धैर्य गर्नु निकै बेस हुनेछ ।
वृषः दिन अनुकूल छ । आयआर्जन र विद्याबुद्धि बढ्नेछ । दीर्घकालीन काम बन्नेछ । मन प्रसन्न रहनेछ । सहयोग मिल्नेछ ।
मिथुनः दिन उत्तम छ । काममा सफलता मिल्नेछ । बौद्धिक तथा सिर्जनात्मक काम हुनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ ।
कर्कटः दिन मध्यम छ । काममा ढीलासुस्ती हुनेछ । धर्मकर्ममा अवरोध आउन सक्छ । ठूलो कामको आशा नगर्नु नै बुद्धिमानी ठर्हछ ।
सिंहः दिन प्रतिकूल छ । व्यवहारिक समस्याले पिरोल्नसक्नेछ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । खर्च बढ्नेछ ।
कन्याः दिन अत्युत्तम छ । कामप्रति जोश, जाँगर बढ्नेछ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । मनोरञ्जन गरिनेछ । यात्रा हुनेछ ।
तुलाः दिन उत्तम छ । शत्रु पराजित हुनेछन् । आटे ताकेको काम सजिलै बन्नेछ मावलीतिरबाट सन्तोष मिल्नेछ ।
वृश्चिकः दिन मध्यम छ । कार्यसम्पादनमा गति घट्न सक्छ । निर्णय शक्ति कमजोर हुने देखिन्छ । चिन्ता बढ्नेछ ।
धनुः दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ देखापर्नेछ । खर्चमा वृद्धि हुनेछ । गलत सङ्कतको प्रभाव पर्नसकछ ।
मकरः दिन उत्तम छ । आँटेको काम बन्नेछ । बौद्धिक तथा रचनात्मक काम बन्नेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ
कुम्भः दिन मध्यम छ । बोलीवचनमा प्रभाव कम हुने देखिन्छ । आर्थिक कारोबारमा निकै ध्यान दिनु पर्नेछ । सवस्थ्यमा पनि गडबडी हुन सक्छ ।
मीनःदिन भाग्यवर्धक छ । कार्यसम्पादनमा गति थपिनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । बौद्धिक काम गरिनेछ ।



