नेकपासँगको पार्टी एकता सम्बन्धी आएका समाचारको नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले खण्डन गरेका छन । आफ्नै पुर्वसहयोगी समेत रहेका नेकपा नेता देबेन्द्र पौडेलप्रती लक्षीत गर्दै उनले भगौडा तोरिहरुले नयाँशक्तीलाई पुराना शक्तीसंग बिलिन गराउने आशयको ट्याउँ ट्याउँ गर्नुको तुक छैन भन्दै कडा प्रतिकृया जनाएका हुन ।
हिजोमात्र राससले देबेन्द्र पौडेलको भनाई उदृढ गर्दै एक्लो महाथीर भएर कहिपनी नपुग्ने भन्दै एकताको लागि भट्टराई, ओली र दाहाल एक चरण छलफल गरिसकेको समाचार प्रकाशित गरेको थियो ।
भट्टराईले भने एकताको कुनै गुन्जायस नभएको संकेत गरेका छन । नयाँशक्ती निर्माण अभियान परम्परागत काङ्ग्रेस र कम्युनिष्ट बिचार-ब्राण्डको बिकल्पमा नयाँ बिचार सहितको तेश्रो धुर्व निर्माण भन्दै भट्टराईले यसलाई नबुझ्नेहरुले अनावश्यक ट्याउँ ट्याउँ गरिरहेको उल्लेख गरेका छन ।
सामाजिक संजालमा भट्टराईले लेखेका छन्-
नेपालमा वैकल्पिक राजनीतिक अभियान परम्परागत ‘कांग्रेस’ र ‘कम्युनिस्ट’ विचार र ब्राण्डको विकल्पमा नयाँ विचार र पहिचान सहितको ‘तेश्रो ध्रुव’ को निर्माण हो! यसलाई नबुझ्ने वा बुझ पचाउने केही भगौडा/तोरीहरूले पुरानै शक्तिमा विलीन गर्ने-गराउने आशयको ट्याउँ ट्याउँ गर्नुको कुनै तुक छैन है !
छलफल बाट










