काठमाडौं– आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-चीन सहयोग र सहकार्य सम्बन्धी तीनवटा निर्णय गरेको छ।

बैठकले तातोपानीस्थित मितेरी पुल र रसुवागढी–स्याफ्रुबेँसी र चीनको ज्याङ्बु जोड्ने पुल बनाउने चीन सरकारको प्रस्ताव पनि स्वीकृत गरेको छ। दुवै पुल चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुनेछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी, नेपाल र चीन सरकारबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नका लागि आवश्यक समझदारी गर्ने अख्तियारी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीलाई दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोताले जानकारी दिए।

चीनको नेसनल इनर्जी अफ एडमिनिस्ट्रेसनले नेपालको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग ऊर्जा क्षेत्रमा सहकार्यका लागि समझदारी गर्ने प्रस्ताव अघि सारेको थियो। मन्त्रिपरिषद् बैठकले सोही प्रस्तावमा समझदारी गर्ने अख्तियारी ऊर्जामन्त्री वर्षमान पुनलाई दिएको हो।  नेपाल लाइभ बाट साभार