काठमाडौँ, १९ पुस । अख्तियार दुरुपयोग अुनसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिने शिक्षिका हेमन्ती तरामु मगरविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगको छानबिनका क्रममा नवलपरासीको भवानी निम्नमाध्यमिक विद्यालयमा प्राथमिक तह (राहत)मा कार्यरत शिक्षिका मगरले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएको हुँदा निजविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको आयोगले जनाएको छ ।