२०७५, ज्येष्ठ २८ गते सोमबार, अधिकज्येष्ठकृष्ण द्वादशी, भरणी नक्षत्र, अतिगण्डयोग, मेषमा चन्द्रमा,
मेषः दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय कार्यव्रmम बन्नेछ । बौद्धिकताको कदर हुनेछ । पढाइले गति लिनेछ ।
वृषः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । मुख्य काममा व्यवधान आउन सक्छ । धैर्य गर्नु निकै बुद्धिमानी हुनेछ ।
मिथुनः दिन सबै प्रकारले अनुकूल र लाभदायक रहनेछ । तर कठिनाइपूर्ण तरिकाले लाभ हुनेछ । मन प्रसन्न हुनेछ । विद्याबुद्धि बढ्नेछ ।
कर्कटः दिन उत्तम खालको रहनेछ । मानसम्मान प्राप्ति र उच्चस्तरीय कार्यव्रmम बन्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । कामप्रति जाँगर चल्नेछ ।
सिंहः दिन मध्यम रहनेछ । धर्मकर्ममा बाधा अड्चन आइलाग्न सक्छ । धैर्य गर्नु निकै बेस हुनेछ । ठूलो काममा हात नराख्नु नै उपयुक्त हुनेछ ।
कन्याः दिन प्रतिकूल रहनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्छ । मन विथोलिन सक्छ । ठूलो कामको आशा नगर्नु नै उचित हुनेछ ।
तुलाः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अनुकुल अवसर मिल्नेछ । औद्योगिक कार्यदिशा प्रवद्धित हुनेछ । रमाइलो गरिनेछ ।
वृश्चिकः दिन उत्तम रहनेछ । कार्यक्षेत्र विस्तारित हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । आत्मबल बढ्नेछ । उच्च सहकार्य हुनेछ ।
धनुः दिन मध्यम खालको रहनेछ । कडा प्रतिस्पर्धा गर्नु पर्नेछ । निर्णय क्षमता निकै कमजोर हुनेछ । स्वस्थ्यमा पनि गडबड हुन सक्छ ।
मकरः दिन प्रतिकूल रहनेछ । मनमा भय र त्रासको अनुभव हुन सक्छ । ठूलो योजनाको काममा हात नराख्नु नै उत्तम देखिनेछ । काममा ढिलासुस्ती हुनेछ ।
कुम्भः दिन उत्तम रहनेछ । उपयुक्त कार्यशैली र निर्णय गरिनेछ । सामाजिक काममा संलग्न भइनेछ । यश मिल्नेछ ।
मीनः दिन मध्यम खालको रहनेछ । आर्थिक विचलन हुन सक्छ । बोलीवचनमा पनि सावधान रहनु नै बेस हुने देखिन्छ । शरीर अस्वस्थ रहनेछ ।



