विष्णुप्रसाद पोखरेल दमक । झापाको कमल गाँउपालिकाको वडा नं. ५ मा रतुवा खोला र चान्जु खोला गाँउपस्नबाट रोक्नका लागि बाँसको प्रयोग गरी नयाँ प्रविधिबाट खोला नियण्त्रणमा स्थानीयहरु जुटेकाछन् । छिटोछरितो र भरपर्दो हुने भन्दै बाँसको स्परहरु बनाएर नयाँ घरेलु प्रविधिमा आधारित रहेर खोला नियण्त्रणको प्रयास गर्न स्थानीयहरु जुटेको पाईएको हो ।

स्थानीय रतुवा तथा चान्जु खोला नियण्त्रण उपभोक्ता समिति कमल ५ मार्फत गाँउपालिकाको १० लाख रुपिया सहयोगमा स्थानीयहरु आफै जुटेर करिब १ सय बिगाह जमिन कटानबाट रोक्न र सिंगो बस्ति जोगाउनका लागि स्थानीय घरेलु प्रविधिमा आधारित नयाँ उपाय खोजिएको बताइन्छ । यो वातवरणीय सन्तुलन मिलाउन पनि प्रभावकारी हुने बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रतुवा तथा चान्जु खोला नियण्त्रण उपभोक्ता समिति कमल ५ का अध्यक्ष गोविन्द खनालका अनुसार भारतमा यो उपाय अवलम्बन गरिएको पाईएपछि यहाँ पनि सकिन्छ भन्ने लागेर आफूले गाँउपालिकामा प्रस्ताव गरेर बाँसका स्पर निर्माण तथा खोला नियण्त्रणमा नौलो प्रयोग गरिएको हो । उहाँले भन्नुभयो, शुरुमा त यस्तो प्रस्ताव लिएर जाँदा अस्वीकार नै भयो, विस्तारै बुझाउदै लगेपछि बल्ल सहज अवस्था आयो ।

यसमा बाँसलाइ ‘पायलिङ’ अर्थात ठाडो बनाएर ८ फूट समेत धसाइन्छ । एकले अर्कालाइ सहयोग पुग्ने गरी जाली आकारमा बाँसलाइ तारले बाँन्दै गएपछि दर्विलो स्पर बन्ने खनालले बताउनु भयो । पानी तान्ने पम्पको प्रयोग गरेर दुलो बनाइ बाँस भसाइने भएकाले यो वातवरणिय रुपमा समेत उपयुक्त रहेको उहाँको भनाइ छ । भारतीय कामदारले मात्र यो गर्न सक्ने भएकाले शुरुमा उनिहरुलाइ नै ल्याएर काम लगाईएको समेत उहाँले जानकारी दिनु भएको छ ।

पानीको बहावलाइ यसले नियण्त्रण गर्ने र बिभिन्न बगाएर ल्याएको चिजहरु यहाँ रहने भएकाले आफै ड्याम समेत बन्ने भएकाले बर्षेनी स्पर बगाउने तथा पुरिने जस्ता समस्या हल हुने खनाल बताउनु हुन्छ । करिब ४ स मिटिर यस प्रकारकाले तटबन्धन बनाइसकिएको जनाईएको छ । यसमा ३२ सय ३० घना बाँस लागेको र २५ सय किला गाडिएको पनि उहाँले जानकारी दिनु भयो ।

स्थानीय सामाजिक अगुवा टीका सापकोटाका अनुसार घरेलु सामाग्रि बाँसको प्रयोग गरेर खोला नियण्त्रणको यो विधि आफूहरुलाइ समेत उपयुक्त लागेको जनाउदै यसलाइ अन्य तटबन्धन गर्ने ठाँउहरुमा समेत बिस्तार गर्नु पर्ने बताउनु भयो । एकसाताको अवधिमा करिब ४ सय मिटर तटबन्धन भएको जनाउदै आपतकालीन अवस्थामा यसको महत्व झनै बढि हुने आफूले पाएको बताउनु भयो ।

शुरुवातमा यसर तटबन्धन हुन्छ भन्दा कसैले नपत्याएको र अहिले बनिसकेपछि हेरेर जनप्रतिनिधि तथा स्थानीयहरुले समेत यसलाइ सकारत्मक रुपमा लिएको उपभोक्ता समितिका सचिब इन्द्रप्रसाद आचार्यले बताउनु भयो । कम खर्चमा यो प्रकारको तटबन्धन हुने पाएको जनाउदै तटबन्धन गर्न बाँकी रहेको ठाँउमा समेत यसरी नै गर्न गाँउपालिकालाइ प्रस्ताव गर्ने समेत उहाँको भनाइ छ ।