काठमाडौं,पुस १९ – काठमाडौं उपत्यकाको लोडसेडिङ अन्त्य गरी चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ योजना अघि सारेका छन् । नेपाल उद्योग बाणिज्य महासंघले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा घिसिङले आफ्नो योजना सु्नाएका हुन् ।
उनको नयाँ योजना अनुसार देशभरबाट सधैको लागि लोडसेडिङ अन्त्य गर्न आपूर्ति प्रणाली चुस्त बनाउनु पर्ने आवश्यकता देखिएकोले १० हजार नयाँ ट्रान्सफरमर थप्ने योजना सार्बजनिक गरेका हुन् । हाल प्राधिकरणसँग २३ हजार ट्रान्सफरमर छन् । ‘अबको चुनौति भनेको बिजुलीको माग बढाउनु हो, ट्रान्सफरमर नथपी माग बढाउन सकिदैन, यसैले ट्रान्सफरमर थप्ने योजना बनाएका छौं,’ घिसिङले भने ।



