काठमाडौं, २० पुस । नेपाल आयल निगमले उपभोक्ताबाट पूर्वाधार विकास शीर्षकमा संकलन गरेको अर्बौं रुपैयाँ रकम नियम मिचेर ऋण तिरेको तथ्य फेला परेको छ ।

आजको नागरिक दैनिकमा खबर छ– निगमलार्य छिटो नाफामा लगेर बोनस खान पेट्रोलियम पदार्थमा उपभोक्तासँग पूवार्धारका लागि भन्दै लिइएको रकम विधि मिचेर रकमान्तर गरी ऋण तिरेको हो । यसरी ऋण तिरेपछि निगम नाफामा गएको देखाएको छ ।

निगमको विनियमावलीमा जुन शीर्षकमा उठाइएको हो, त्यसमै खर्च गर्नुपर्ने व्यवस्था छ । निगमले पूर्वाधार शीर्षकमा आर्थिक वर्ष ०७१÷७२ मा संकलन गरेको १४ अर्ब ७८ करोड रुपैयाँ, ०७२÷७३ को २१ अर्ब ८८ करोड गरी कुल ३६ अर्ब ६६ करोड रुपैयाँ ऋण तिरेको आपूर्ति मन्त्रालयले मंगलबार संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हितसम्बन्ध समितिमा पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।

निगम नाफामा गएपछि त्यहाँका कर्मचारीले बोनस खान पाउने कानुनी व्यवस्था छ । गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन घाटामा रहँदारहँदै करिब ९० करोड रुपैयाँ बोनास खाने तयारीमा थिए । चौथर्फी विरोध र सरकारको निर्देशनपछि बोनस वितरण रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah