दमक/झापाको दमकस्थित सरकारी अस्पतालमा लापरवाही हुने गरेको बताईएको छ । बिशेषज्ञ डाक्टरहरु समयअवधिभर नबस्ने गरेको बताइन्छ । एक्स रे गर्न समेत लाइनको समस्या भएको भन्दै गर्न नमान्ने गरेको बताइएको छ ।
चर्को घाममा आफू उपचारका लागि गएको हात एक्स रे गराउनु पर्ने भएपछि त्यो गर्न नमानेको एक सेवाग्राहीले दुखेसो पोखिन । उनका अनुसार भोल्टेज नभएको भन्दै अर्कै अस्पतालमा जान भनेका थिए ।
यसैबीच केहि दिन अघि हाजिर भएर बाहिर गएका अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट बिपिन पाण्डेलाइ दमक नगरपालिकाले स्पष्टिकरण सोधेको श्रोतले बताएको छ । तत्कालै नगरपालिकाले स्पष्टिकरण सोधेको नगरपालिका श्रोतले बतायो ।










