झापाः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सुपर जोन (धान खेती) कार्यक्रमको उद्घाटन गरेका छन् ।

कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यअनुरुप सरकारले सातै प्रदेशमा सुपर जोन कार्यक्रम सञ्चालन गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘केही वर्ष अघिसम्म हामी घन्नबालीमा आत्मनिर्भर थियौं । नेपाल कृषिप्रधान देश हो भनेर पढ्यौं, ’ उद्घाटनपछि प्रधानमन्त्रीले भने, ‘तर, अहिले कृषिको उत्पादकत्व उत्साहजनक छैन । यो सुपर जोन कार्यक्रमले यसलाई बदल्नुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले कृषि आधुनिकीकरण परियोजनाको भएको बताउँदै फगत औपचारिकताका लागि मात्र नभएर कृषिमा क्रान्ति ल्याउने गरी काम गर्न अपील गरे ।

‘उत्पादकत्व बृद्धिमा हाम्रो योजनाबद्ध प्रयास भन्दा पनि मौसमी अनुकुलता मुख्य रुपमा जिम्मेवार छ’, प्रचण्डले भने, ‘यसरी सधै चल्दैन, हामीले योजनाबद्ध रुपमा विकास गर्न सक्नुपर्छ ।’

एक नम्बर प्रदेशको झापाका पृथ्वीनगर, केचना, बालुबारी, पथरिया, बनियानी र पाठमारी गाविसको हजार हेक्टर क्षेत्रमा आधुनिक तरिकाले धान खेतीको उत्पादन गर्ने लक्ष्य सरकारले अघि सारेको कृषि विकास मन्त्रालयका सचिव डा. सुरोज पोखरेलले जानकारी दिए ।

हिलो जमिनमा प्रधानमन्त्री धान खेतीको उद्घाटन गर्दा सुटबुटमा सजिएका सुरक्षाकर्मीलाई हिलोमा पसिएला भन्ने त्रासमा देखिन्छन्।अन्नपूर्ण पोस्ट मा खबर रहेको छ ।