धनकुटा, १९ पुस । धनकुटाको चानुवामा रुखले किचेर आज एक महिलाको मृत्यु भएको छ ।

दाउराका लागि उत्तीसको रुख ढाल्ने क्रममा किच्दा चानुवा–७ की ३६ वर्षीय कुमारी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमा छोरा मिलेर रुख काट्ने क्रममा श्रेष्ठलाई रुख ढलेर थिचेको थियो । रुखले किचेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा मृत्यु भएको चानुवा प्रहरी चौकी प्रहरी सहायक निरीक्षक जुलुमकुमार चौधरीले बताउनुभयो ।

यसैबीच छिन्ताङमा सोमबार राति भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । बाँस बिक्री गरेर फर्कने क्रममा छिन्ता–८ त्रिवेणीस्थित भिरबाट लडेर भोजपुर हसनपुर–२ का १९ वर्षीय अमृत राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah