३८ क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा रहेको बाजेको सेकुवा रेस्टुरेन्टमा छापा मारेको छ । विभिन्न क्षेत्रमा रहेको शाखाहरुमा अनुसन्धान समितिले छापा मारेको हो । रेस्टुरेन्टका मालिक चेतन भण्डारी फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको थियो ।
प्रहरीका अनुसार बाजेको सेकुवा नामबाट हाल १० वटा रेस्टुरेन्ट सञ्चालनमा छन् । त्यसमध्ये ५ वटा भण्डारीको र एउटा उनको सालो सञ्चालक गरेको गरी ६ वटामा छापा मारेर शिलबन्दी गरिएको समिति स्रोतले जनाएको छ ।
सुन तस्करीमा संलग्न भएको आरोपमा भण्डारी सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का भइसकेको छ ।
अनुसन्धान समितिले यसअघि सुनका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवाल र अर्का प्रतिवादी राजेन्द्र शाक्यको आरके ज्वलर्सको ३ वटा शाखामा छापा मारेको थियो ।
अग्रवालको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको थियो । त्यस्तै, बा १० च २८२ नम्बरको गाडीसहित सुन राख्ने खाली डिब्बा, सुन बोक्ने ज्याकेट र अन्य केही महत्वपूर्ण कागजातहरु बरामद भएको थियो ।
शाक्यको जवलर्सबाट २८ करोड रूपैयाँ बराबरको सुन, चाँदी लगायतको गरगहना बरामद भएको थियो ।
https://youtu.be/pV6BzAvfDlwhttps://youtu.be/0-72SX7_Bnk
-अन्लाईनखबर बाट










