विष्णुप्रसाद पोखरेल दमक/झापा दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको गाडिमा शक्तिशाली बम रहेको फेला परेको छ । बुधबार बेलुका शंकाश्पद बस्तु फेला परेपछि सुरक्षित स्थानमा राखिएको र विहान नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्ने क्रममा शक्तिशाली बम रहेको फेला परेको हो ।

कलशजस्तो लोटामा तार जडित दूइवटा डेटोनेटर फेला परेको बताइन्छ । उक्त लोटालाइ गाडिको हुटमा चुम्मक सहित राखिएको पाईएको सुरक्षा श्रोतको भनाइ रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकमा बिभिन्न समयमा भेटिएका बिस्फोटक पदार्थहरुमध्ये यो शक्तिशाली भएको जनाईएको छ । यद्यपी पड्काउनभन्दा पनि तर्साउने उदेश्यले राखिएको हुनसक्ने प्रहरीको भनाइ रहेको छ ।

ओली निवास नजिक विहान डिस्पोज गर्ने क्रममा शक्तिशाली आवाज आएको थियो । आसपासका क्षेत्रका बासिन्दाहरु समेत त्रसित भएका थिए । बेलुका नै शंकाश्पद बस्तु फेला परेकाले प्रहरीले रातीदेखि नै दमकको सुरक्षा ब्यवस्था समेत कडा बनाएको थियो ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले मेयर ओलीको गाडिमा बिस्फोटक पदार्थ रहेको बताए । उनले यो राख्ने समुह वा ब्याक्तिको खोजी कार्य तिब्र बनाईएको जनाए ।

यसैबीच राष्ट्रिय मानवअधिकार प्रतिष्ठान झापाले घटनाको बिरोध गरेको छ । उसले यसरी आंतकीत बनाउने कार्य नगर्न सम्बन्धित पक्षसंग माग गरेको छ । कुनै समस्या भएको बार्ता एवं संवादको माध्यमबाट सामधान खोज्न प्रतिष्ठानले बिज्ञप्ति जारी गरेर माग गरेको हो ।