मोरङ – नेपाल–भारत सीमा क्षेत्रभन्दा सय मिटर भारतीय भूमिमा एक नेता माथि गोली प्रहार भएको छ ।

भारतको जोगबनीमा बिहीबार दिउँसो एक नेतामाथि गोली प्रहार भएको हो । रानी भन्सारदेखि करिब एक सय मिटर टाढा टिकुलिया बस्तीमा अज्ञात समूहले जनता दल युनाईटेडका नेता पप्पु पटेलमाथि गोली प्रहार गरेको हो । मोटरसाइकलमा हिँडिरहेको बेला पछाडिबाट ३ राउण्ड गोली प्रहार गरिएको भारतीय प्रहरीले जनाएको छ ।

गोली लागेका पप्पुलाई तत्काल विराटनगरमा रहेको विराट नर्सिङ होममा उपचारको लागि ल्याइएको थियो । गम्भीर घाइते भएका पटेललाई नर्सिङ होममा उपचार हुन नसकेपछि धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

घटना भारतमा भएका कारण थप जानकारी नआएको प्रहरी जनाएको छ । उता घटघरटना स्थलबाट भारतीय प्रहरीले पेस्तोलमा प्रयोग भएका गोलीहरु बरामद गरेको फार्बिसगंजका एसडीपीओ मनोज कुमारले जानकारी दिनुभयो ।

पटेललाई गोली प्रहार गर्ने अज्ञात समूह नेपालतर्फ नै भागेको हुन सक्ने भारतीय प्रहरीको अनुमान छ । उज्यालो अनलाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah