सूचना प्रविधिको विकाससँगै घर-घरमा इन्टरनेटको पहुँच पुग्न थालेको छ । यद्यपि यसको सही सदुपयोग भएको छ कि छैन भन्ने चाहिँ बहसको विषय हो । नेपालमा धेरै मानिसहरु इन्टरनेटमा फेसबुक र यूट्युव हेर्नमै सीमित छन् । जबकि इन्टरनेटमा हामीलाई काम लाग्ने अनगिन्ति चिजहरु पाइन्छन् । यहाँ हामी तपाईंलाई घरमा बसी-बसी इन्टरनेटको माध्यमबाट सिक्न सकिने कुराहरुको बारेमा अवगत गराउँदैछौ ।

डान्स-अहिलेको जमानामा डान्सको ठूलो क्रेज छ । डान्स सिक्नका लागि धेरै ट्रेनिङ सेन्टरहरु छन् । यद्यपि सबैलाई ट्रेनिङ सेन्टर धाउने जाँगर चल्दैन । तर, धन्दा मान्नु पर्दैन, यदि घरमा इन्टरनेट छ भने तपाईं घर बसी-बसी ट्यूटोरियल भिडियो हेरेर डान्स सिक्न सक्नुहुन्छ । यसका लागि तपाईंलाई www.dancetothis.comले सहयोग गर्न सक्छ । यहाँ हिपहप, स्ट्रीट ब्रेक डान्स क्रपिङ एन्ड वालरुम डान्स जस्ता थुप्रै प्रकारका डान्सहरुको ट्यूटोरियल भिडियो उपलब्ध छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डान्सपछि इन्टरनेटबाट सिक्न सकिने अर्को महत्वपूर्ण कला हो खाना पकाउने । यसका लागि www.simplyrecipes.com ले तपाईंलाई सहयोग गर्नेछ । यो साइटमा थुप्रै कुकिङ टिप्सहरु संग्रहित छन् । यसैगरी युट्युवमा पनि तपाईंले प्रशस्त कुकिङ टिप्सहरु भेटाउन सक्नुहुन्छ ।

आत्मरक्षा

आत्मरक्षाको कला सिक्न पनि तपाईंले कतै जानु पर्दैन । घरै बसेर सिक्न सक्नुहुन्छ । यसका लागि थुप्रै वेवसाइट छन् जसमध्ये Lifehacker.com तपाईंका लागि प्रभावकारी हुन सक्छ ।

भाषा

मान्छेले जति धेरै भाषा जान्यो उ त्यति अगाडि बढ्न सक्छ । भाषा सिक्नका लागि कक्षाहरु जहिँतहिँ हुन्छन् । तर घरमा बसी-बसी सिक्न सकिने सुविधा पनि छ । तपाईंलाई भाषा सिकाउने थुप्रै वेवसाइट र एप्लिकेसनहरु उपलब्ध छन् । यी एप्लिकेसनहरुले एन्ड्रोइड र आइओएस दुवैमा काम गर्छन् । तपाईंले गुगलमा सर्च गरेर भाषा सिकाउने वेवसाइट र एप्लिकेसनको बारेमा जानकारी लिन सक्नुहुन्छ ।