वि.सं. २०७५ साल असार १ गते। शुक्रबार। इश्वी सन् २०१८ जुन १५ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– द्वितीया, २१:२० बजेउप्रान्त तृतीया। आज २०७५ साल असार १ गते शुक्रबार, तदअनुसार जुन १५, २०१८ – हेर्नुस आजको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ। तर, आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अरूकै लागि बुद्धि र श्रम खर्चनुपर्नेछ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। तर, आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह भने जगाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। परिश्रमको फल प्राप्त हुने समय छ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा निकै फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। तर आँटले काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। समुदायको हितमा भने राम्रै काम गर्न सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अरूकै लागि बुद्धि र श्रम खर्चनुपर्ला। समय अभावले योजना अधुरै रहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन उदास रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग जोगिएर काम लिनुपर्ला। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। यात्राका क्रममा वादविवाद हुनाले उद्देश्य पूरा नहुन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार-व्यवसायमा समेत फाइदा उठाउन समय पर्खनुपर्नेछ। योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत पर्ला। तापनि निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि, साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला। आफन्तभन्दा सहयोगीका माध्यमबाट काम बनाउन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah