(विनोदसिंह बिष्ट)

बैतडी, २० पुस । प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित चिउरी, उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप हुँदै गएका छन् ।

विकाससँगै ग्रामीण क्षेत्रमा पनि यातायातको पहुँच बढ्दै जाँदा तेल पेल्न मिलको प्रयोग हुन थालेपछि बैतडीमा परम्परागत कोल लोप हुन थालेका हुन् । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका श्रीकोटका स्थानीयवासी हेमराज गिरीले बताउनुभयो ।

एकताका तेल र घिउमा आत्मनिर्भर मानिने बैतडी जिल्लामा तेलहन बालीको खेती गर्ने प्रचलनमा पनि कमी हुँदै गएको छ । “पहिला जिल्लामा प्रशस्त मात्रामा तोरी, तिल, तिरकुलोको खेती गरिन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले त मान्छेले तेलबाली पनि लगाउन छोडे, कोल त हराइनै सके ।”

हिउँदयाममा प्रायः फुर्सदिला हुने भएकाले गाउँभरिकै एउटा कोल भएकाले प्रत्येक परिवारले पालैपालो गरेर तेल पेल्ने चलन थियो । आजभोलि कोल पनि हराइसकेको छ, जलवायु परिवर्तनसँगै उब्जनी कम तथा बजारमा सजिलै किन्न मिल्ने गरेकाले यस्ता अमिलो पेल्ने कोल र उखु पेल्ने कोल पनि हराउँदै गएका छन् । कोल प्रायः सामुदायिक हुन्थे । गाउँभरिको एउटै कोल हुने भएकाले हरेक परिवारले हिउँदयाममा पालैपालो तेल पेल्ने र कोलका खाँबा फेर्नु परेमा समुदायका सबै मानिस मिलेर ल्याउने गरिएको थियो ।

विगतमा जिल्लाभरि सयौँको सङ्ख्यामा रहेका यस्ता कोल अहिले अधिकांश लोप भइसकेका छन् । दुर्गम गाउँमा रहेका एक÷दुई कोल पनि बिस्तारै प्रयोगविहीन हँुदै गएका छन् । कोल लोप भएसँगै बैतडीमा तेलहन बालीको खेती लगाउनेको सङ्ख्या पनि घट्दै गएको छ ।

कोलमा तेल पेल्नका लागि बढी जनशक्तिसँगै शारीरिक श्रम बढी लाग्ने र बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत हराउँदै गएको र कोललाई नै प्रवद्र्धन गर्न वा तेल पेल्न आधुनिक प्रविधिमा आधारित उद्योग खोलिएकाले कोल लोप हँुदै गएका हुन् ।

यसैबीच आधुनिक प्रविधिको प्रयोग र विकासले स्थानीय सामग्री लोप हुँदै गएका छन् । गाउँघरमा काठबाट हातले बनाइएका विभिन्न मेसिन यतिबेला हराउँदै गएका छन् । उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप भइसकेको छ । यसले गाउँको पहिचान नै मेटिँदै गएकोमा बूढापाकाले चिन्ता व्यक्त गरेका छन् ।

धान कुट्ने ढिकी, ओखल, मकै पिस्ने जाँतो पनि यहाँबाट लोप हँुदै गएका स्थानीयवासी कृष्ण विष्टले बताउनुभयो । “ढिकी, जाँतोको ठाउँमा आधुनिक मेसिन गाउँगाउँमा भित्रन थालेपछि स्थानीय सामग्री लोप भएका हुन्”, उहाँले भन्नुभयो, “पानीबाट चल्ने पानीघट्ट पनि विस्थापित भइसकेका छन् ।”

करिब दुई दशकअगाडि सम्म चलनचल्तीमा आएका यी घरेलु सामग्री अहिले गाउँमा देख्न मुस्किल परेको छ । आधुनिक मेसिनको बढ्दो प्रयोग र विकासले गर्दा यी सामग्रीको प्रयोग र संरक्षणमा प्रयोगकर्ताले बिस्तारै कम गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिन थालेको छ । समयसापेक्ष बढ्दो आधुनिकताले परम्परागतरुपमा प्रयोगमा आएका ढिकी, जाँतोसमेत लोप हुन पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah