काठमाडौं । पहिलो पटक नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । नेकपाको पहिलो स्थायी कमिटी बैठकका लागि चारवटा एजेण्डा तय भएको छ । स्थायी कमिटीको पहिलो बैठकलाई नेकपाका दुवै अध्यक्ष केपी र प्रचण्डले सम्बोधन गर्ने भएका छन्।
स्थायी कमिटी बैठकअघि ९ सदस्यीय केन्द्रीय सचिवालयको बैठक पनि बालुवाटारमै बस्नेछ । शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका छन्।
बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुनेछ । नेकपाको ४५ सदस्यीय स्थायी कमिटी गठन भएपछि बस्न लागेको यो पहिलो बैठक हो । बैठकले पार्टी सन्चालन नियमावली पारित गर्ने सम्भावना छ ।त्यस्तै महासचिव बिष्णु पौडेलले यसबीचमा भएका संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश गर्नेछन् ।










