https://www.youtube.com/watch?v=OuqVPzkU1YM
दमक/झापाको कमल गाँउपालिका वडा नंं ५, साविक लखनपुर १ मा रहेको आदिबासी रंगशाला तथा स्मृति पार्क प्रतिष्ठानले सरकारले आउदो आर्थिक बर्षका लागि बजेट बिनियोजन नगरेकोप्रति आपत्ती जनाएको छ ।
बजेटमा मदन भण्डारी रंगशालाको नाममा २ करोड बिनियोजन भएको भएता पनि आदिबासी रंगशालाको नाम नरहेको भन्दै प्राविधिक कारणले गल्ती भएको भए सच्याउन माग गर्दै आदिबासी समुदायप्रति जालेझेल तथा गेजु नगर्न प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राइले सरकार तथा प्रधानन्त्री केपी शर्मा ओलीलाइ चेतावनी दिए ।
आक्रोशित हुदै उनले गल्ती भएको भए त्यसलाइ तत्काल सच्याउनु पर्ने र यदि त्यस्तो नभए आफूहरु ज्यानको बाजि लगाएर आन्दोलनमा उत्र बाध्य हुने जनाए । प्रतिष्ठानका सचिव दीपेनवाला राइले पनि यस्तै चेतावनी दिए । शुक्रबार दमकमा पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिईएको हो । सो पत्रकार सम्मेलनमा वितरण गरिएकोबिज्ञप्ति यस्तो छ
प्रेस विज्ञप्ति
पत्रकार महोदय, देश संविधान कार्यन्वयनको चरणमा छ । राजनीतिक आन्दोलनको चरण अन्त्य भई विकास र समृद्धिको यात्रा प्रारम्भ भएको छ । यो आम नागरिकको चाहना हो । सरकार र राजनीतिक दलका नेतृत्वकर्ताको पहिलो प्राथमिकतामा विकास र समृद्धि नै छ । तर, कतिपय परिघटनाले विकास र समृद्धिको यात्रा त्यति सहज देखिदैन । झापाको कमल गाउँपालिकामा निर्माणधिन “आदिवासी रंगशाला”सँग जोडिएका विषयले त्यही आभाष गराएको छ ।
झापा जिल्ला कमल गाउँपालिका–५ (साविक लखनपुर गाविस–१) स्थित रतुवामाई वृक्षरोपण क्षेत्र भित्र पर्ने शसस्त्र प्रहरी बल पाथिभरा गणको दक्षिण, पूर्व पश्चिम लोकमार्गको उत्तर, गेउरिया खोला पश्चिम र लखनपुर खानेपानि तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको पूर्व चार किल्ला भित्र पर्ने करिब ३२ विगाह भू–भाग परापूर्व कालदेखि आदिवासी समुदायले समाधिस्थल (चिहान) को रुपमा प्रयोग गर्दै आएका थिए । तर, सो क्षेत्रमा शसस्त्र प्रहरी बल पाथिभरा गण स्थापनापछि आदिवासी समुदायलाई समाधिस्थलमा रोक लगाइयो ।
समाधिस्थलमा रोक लगाइएपछि आदिवासी समुदायले विरोध ग¥यो । आदिवासीको विरोधपछि समाधिका लागि पुराो समाधिस्थलको पूर्व क्षेत्रमा ठाउँ तोकिए र २०६६ पौष १ गते तत्कालिन गणपति गणेश ठाडा मगरको अगुवाईमा त्यस क्षेत्रमा रहेका ७ सय ४५ चिहान हटाएर दिवंगतहरुको सम्मान र सम्झनामा अन्तराष्ट्रिय स्तरको “आदिवासी रंगशाला” सहित स्मृति पार्क निर्माण गर्ने सहमति भयो । आदिवासी रंगशाला निर्माण गर्न आदिवासी समुदाय, सशस्त्र प्रहरी बल पाथिभरा गण, राजनीतिक दल र नेपाल सरकारका स्थानीय प्रतिनिधिबीच सहमति भएको थियो । त्यसपछि आदिवासी रंगशाला निर्माण प्रारम्भ भयो ।
सरकारले आर्थिक वर्ष २०६७÷०६८ मा ‘आदिवासी रंगशाला’ निर्माणकालागि एक करोड बजेट बिनियोजन ग¥यो । बजेट बिनियोजन पछि तत्कालिन रक्षामन्त्री तथा वर्तमान महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले ‘आदिवासी रंगशाला’को शिलान्यास गर्नु भयो । पहिलो पटक आदिवासी रंगशालाकै नाममा बजेट बिनियोजन भएपछि सो क्षेत्रमा रहेको चिहान भत्काउने, मैदान सम्याउने, स्मृति स्तम्भ निर्माण गर्ने लगायतका आधारभूत काम भयो । त्यसपछि आर्थिक वर्ष २०७०÷०७१ मा डेढ करोड रकम आदिवासी रंगशालाकै नाममा बिनियोजन भयो । त्यसैगरी आर्थिक वर्ष २०७१÷०७२ मा ३५ लाख रुपैयाँ बजेट बिनियोजन गरियो । तर, आर्थिक वर्ष २०७२÷०७३ मा भने ‘मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला’ को नाममा ४० लाख रुपैयाँ बजेट बिनियोजन गर्ने गलत काम भयो ।
https://www.youtube.com/watch?v=OuqVPzkU1YMअािर्थक वर्ष २०६७÷०६८ देखि २०७१÷०७२ सम्म राज्यले ‘आदिवासी रंगशाला’कै नाममा बजेट बिनियोजन गरिआएको थियो । तर, निहित राजनीतिक स्वार्थले आर्थिक वर्ष २०७२÷०७३ देखि आदिवासी रंगशालाको नाम नै परिवर्तन गर्ने प्रयास भयो । ‘आदिवासी रंगशाला’को साटो ‘मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला’ को नाममा बजेट बिनियोजन गर्ने काम वर्तमान प्रधानमन्त्री केपी ओलीको निर्देशनमा भएको थियो । त्यसपछि पहिलो पटक प्रधानमन्त्री हुँदा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीकै योजनामा २०७३÷०७४ मा ‘आदिवासी रंगशाला’ नभइ ‘मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला’को नाममा एक करोड बजेट बिनियोजन भयो । बिकासका लागि आदिवासी जनजाति समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएको समाधिस्थलमा रंगशाला बनाउन सहमति जनाएका थिए । तर, आदिवासी समुदायले ‘मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला’ नाम स्वीकार्न सकेन्न । रंगशालाको नाम फेर्ने विषयमा आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठान सहित अन्य समुदायले समेत बिरोध जनाएका थिए । मनोमानी रुपमा नाम परिवर्तन गर्ने खेल भएपछि आदिवासी समुदायले बिरोध जनाए पछि बिनियोजित रकममार्फत कुनै काम हुन सकेन ।
राज्यको व्यवहार समान हुनु पर्छ । राजनीतिक आस्था वा निहित स्वार्थको आधारमा बिकासका लागि बजेट बिनियोजन गर्ने वा नगर्ने प्रवृतिले देश बिकास हुदैन । आदिवासी रंगशाला निर्माण प्रभावित हुनुमा पनि निहित राजनीतिक स्वार्थले काम गरेको छ । रंगशालाको नाम परिवर्तन गरेकोमा आदिवासी समुदायले बिरोध गरेपछि अनेक चर्चा परिचर्चा सुरु भयो सरकारको नेतृत्वकर्ताबाटै ‘मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला’ को नाममा सहमति जनाए अरबौ रकम बिनियोजन गर्ने तर ‘आदिवासी रंगशाला’ को नाममा भने एक रुपैयाँ पनि बिनियोजन नगर्ने जस्ता घृणित अभिव्यक्तिहरु सुनियो । जुन अभिव्यक्ति घृणित स्वार्थ बाहेक केहि हुन सक्दैन ।
विवादकै कारण रंगशाला निर्माण रोकिएपछि हामी समस्या समाधानका लागि निरन्तर प्रयत्नरत छौं । आदिवासी रंगशालाकै नाममा बजेट बिनियोजन गरी निर्माण सम्पन्न गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यही विषय अवगत गराउँन हामी प्रदेश सरकार देखि संघीय सरकारसम्म पुगेका हौं । तर, यस आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा ‘आदिवासी रंगशाला’को नाममा कुनै बजेट नछुटिएको र रातो किताबमा ‘मदन भण्डारी राष्ट्रिय रंगशाला लखनपुर’को नाममा २ करोड बजेट छुटिएकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
आदिवासी रंगशालालाई नै फेरि पनि मदन भण्डारी राष्ट्रिय रंगशाला बनाउने सरकारको दुष्प्रयास हो भने यो कुरामा आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठान समिति, आदिवासी समुदायलाई साथै सरोकारवाला पक्षलाई मान्य नहुने जानकारी गराउँदै तत्काल सो कार्य सच्याई आदिवासी रंगशाला कै नाममा बजेट बिनियोजन गर्नका लागि सरकारसँग जोडदार माग गर्दछौं ।
प्रधानमन्त्री ज्यूलाई आग्रह ‘आदिवासी रंगशाला’को नाम परिवर्तन गरी ‘मदन भण्डारी राष्ट्रिय रंगशाला’ बनाउने कामममा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भूमिका रहेको स्पष्ट छ । प्रधानमन्त्री ज्यूलाई आग्रह ः साना तिना विषयमा भाँजो हाल्ने गलत प्रवृतिले विकास र समृद्धिको परिकल्पना कदापि पुरा हुन सक्दैन । हो, आदिवासी जनजाति समुदाय इतिहास र ऐतिहासिक योगदानको सदैव सम्मान गर्दछ । नेपाली राजनीतिमा मदन भण्डारीको योगदान प्रति आदिवासी समुदायको पहिचान मेट्न भदन भण्डारीकै नाम दुरुपयोग गर्ने काम कदापि ठिक होइन । विकल्पहिन केहि हुदैन, विकल्प खोजौं । मदन भण्डारीको राजनीतिक योगदानको सम्मान हुने काम गरौं । मदन भण्डारीकै नाममा कुनै काम गर्नु परे अन्य क्षेत्र रोजौं । त्यो काममा आदिवासी समुदायको सधै सकारात्मक साथ र सहयोग रहने छ । हामी आग्रह गर्दछौं, आदिवासी रंगशालाकै नाममा बजेट बिनियोजन गरि आदिवासी रंगशाला निर्माण सम्पन्न गरौं ।
धन्यवाद १
मिति ः १ असार २०७५, दमक झापा
हुकुमसिंह राई (अध्यक्ष)
............................ ........................... दिपेन बाला राई (महासचिव)
https://www.youtube.com/watch?v=OuqVPzkU1YM









