काठमाडौँ, ३ असार । अन्र्तराष्ट्रिय उडानका लागि नेपाली आकाशमा भारतले लगाएको एकाधिकार अत्य हुने भएको छ । यसअघि नेपाल भित्रिने अन्तर्राष्ट्रिय जहाजले एउटा मात्रै रुट प्रयोग गर्न पाउँथे भने अब दुई वटा रुट प्रयोग गर्न पाउने भएका छन् । नेपाली आकाशका पनि भारतीय एकाधिकार रहेको भन्दै यसको चर्काे आलोचना हुँदै आएको थियो ।

गत बैशाख अन्तिम साता भारीतय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा हवाई रुटका विषयमा छलफल भएको थियो । जारी विज्ञप्तीमा दुवै देशका विज्ञ टोलीलाई हवाई रुटको समस्या समाधान गर्न निर्देशन दिइएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फलस्वरुप हालै एयरपोर्ट अथोरिटी अफ इन्डियाको टोली नेपालल आएको थियो । दुई देशको छलफलपछि भारतले नेपाललाई जनकपुर र विरानगरबाट पनि दुईतर्फी एयर रुट दिने भएको हो । यसका लागि शनिबार नेपाल र भारतको बीचमा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

अब अन्तर्राष्ट्रिय उडानका लागि काठामडौं–विराटनगर र काठमाडौं–जनकपुर हवाई रुटलाई दुईतर्फी बनाइनेछ । नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच नयाँ हवाई रुटसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बिहीवार र शुक्रवार दुईपक्षले नेपाललाई नयाँ हवाई रुटहरु दिनेबारे वर्ता गरेका थिए ।

अहिले भुटान र चीनबाहेकका मुलुकबाट आउने विमानले सिमारा रुटको मात्रै प्रयोग गरिरहेका थिए भने अब नेपाल भित्रिने विमानलाई सिमाराबाटै आउनुपर्ने बाध्यता हट्नेछ ।अन्तर्राष्ट्रिय उडान भर्ने विमानले जनकपुर विराटनगरबाट पनि प्रवेश विन्दु प्रयोग गर्न सक्ने नेपाल नागरिक उड्डययन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार महेन्द्रनगरमा पनि कम उचाइमा उड्ने विमानले दुईतर्फी रुट प्रयोग गर्न सक्म्ने गरी समहति भएको छ । विमानलाई काठमाडौँ–महेन्द्रनगर–दिल्ली रुटलाई दुईतर्फी बनाउने सहमति भएको हो ।

अब यसका लागि दुबै पक्षले सुरक्षा मूल्यांकन गरेर नयाँ हवाई रुटको प्रयोग थालिनेछ । गौतमवुद्ध, पोखरा र निजगढ विमानस्थलबाट बढी उचाइमा उड्ने अन्तर्राष्ट्रिय विमानका लागि पश्चिममा नेपालगञ्ज र महेन्द्रनगरबाट प्रवेशमार्ग दिने सम्बन्धमा आउँदो सेप्टेम्बरसम्म विस्तृत प्राविधिक अध्ययन मूल्यांकन सम्पन्न गर्ने सहमति पनि भएको छ । यसैगरी एयर नेभिगशेन लगायतका प्राविधिक विषयमा पनि दुई पक्षले मिलेर काम गर्न सहमति जनाएका छन् ।