दमक/मंगलवारदेखि हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा दमकबाट दमक नगर कार्यालयपालिका सदस्य एवं ढाका उद्यमी निरमाया पुलामी पनि सहभागि हुने भएकीछन् ।

प्रधानमन्त्री ओलीको गृहनगर दमकबाट भ्रमण टोलीमा सहभागि हुने उनि एकमात्र प्रतिनिधि हुन् । ढाका उद्यमी पुलामीले यहाँको ढाका चीनसम्म पुर्याउन पहल गर्ने बताईएको छ । पुलामी नेपाल हस्तकला संघ झापाको पूर्व अध्यक्षहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओली दमकस्थित नमुना मार्ग उद्घाटन गर्न आउने क्रममा पुलामीको ढाकाको पसलमा पसेर चासो पूर्वक निरिक्षण गरेका थिए । उनले यसको बिक्रीको अवस्थाबारे समेत बुझेका थिए ।