काठमाडौँ, ५ असार । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको आज राजकीय सम्मानका साथ पशुपतिमा दाह संस्कार गरिएको छ ।
डा. देवकोटाको पार्थिव शरीरमा पत्नी डा. मधु देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले दागवत्ति दिएका थिए । डा. देवकोटाको विद्युतीय माध्यामबाट शवदाह गरिएको छ । सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पणसहित देवकोटाको अन्तिम विदाई गरेको थियो ।
सोमबार राजधानीको बासबारीस्थित न्यूरो अस्पतालमा उनको निधन भएको थियो । लामो समय चिकित्सा क्षेत्रमा बिताएका डा.देवकोटा पित्तथैलीको क्यान्सर रोगबाट पिडित थिए ।
लामो समय बेलायतमा उपचार गरेर केही महिना अघि मात्र स्वदेश फर्किएका उनको न्युरो अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।










